नेपाल फुटबलमा भारतसँग भिड्ने

काठमाडौं । ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा नेपाल बुधबार भारतसँग भिड्ने भएको छ । 

एशिया छनौट खेल्न नेपाली हाल म्यानमामा रहेको छ । नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ । दुई हप्ता चीनमा अभ्यास गरी नेपाली टोली शुक्रबार म्यान्मा पुगेको हो । 

चीनमा रहँदा नेपाली फुटबल टोलीले तीन मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाल एक खेलमा विजयी र दुई खेलमा पराजित भएको थियो । नेपाली टोलीको प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी तथा व्यवस्थापकमा कमला हीराचन थकाली छन् ।

नेपाली टोलीको गोलकिपरमा एन्जिला तुम्बाप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् । रासस 

मितालीले तोडिन् विराट र रोहितको रेकर्ड

काठमाडौं । विश्व क्रिकेटमा यतिबेला उत्कृष्ट मानिएका खेलाडी हुन, भारतीय क्याप्टेन विराट कोहली र रोहित शर्मा । तर, अर्की भारतीय क्रिकेटरले उनीहरुलाई

‘सी’ डिभिजन लिगका लागि प्रत्येक क्लबलाई चार लाख

काठमाडौं, ३० कात्तिक । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि प्रत्येक क्लबलाई चार लाख रुपैयाँ प्रदान गरिने भएको छ । अखिल नेपाल

क्रिकेटर दिल्सान अब राजनीतिमा

२९ कात्तिक । श्रीलंकाका पूर्व क्रिकेटर तिलकरत्ने दिल्सान राजनीतिमा प्रवेश गरेका छन् । दिल्सानले बुधबार माहिन्दा राजापाक्षेको पार्टीमा सहभागी भएर

एबी डेभिलियर्सले हाने ३१ बलमा ९३ रन

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको ६ महिनापछि दक्षिणी अफ्रिकी क्रिकेटर एबी डेभिलियर्स पुनः क्रिजमा आएका छन् । दक्षिण अफ्रिकामा