ग्यारेजमा धुन दिएको ट्याक्सी दुर्घटना, एकको मृत्यु

चिप्लेढुङ्गा, २० कात्तिक । ग्यारेजमा धुन दिएको ट्याक्सी दुर्घटना अवस्थामा भेटिएको छ । पोखराको पुम्दीभुम्दीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ग्यारेजमा धुन दिइएको ट्याक्सी आज बिहान ६.३० बजे लिन जाँदा नभेटिएपछि ट्याक्सीधनीले प्रहरीमा खबर गरेका थिए । ग्यारेजका मालिक समेत बेखबर रहेको सो घटनाका बारेमा ट्याक्सी दुर्घटनापछि मात्रै हराएको र ट्याक्सी दुर्घटना भएको सत्य बाहिर आएको हो ।

आइतबार ट्याक्सी धुन भनेर ट्याक्सी चालक राजु थापाले ग्यारेजमा ट्याक्सी छोडेका थिए । सोमबार बिहान जाँदा ट्याक्सी ग्यारेजमा थिएन । अनुसन्धानका क्रममा सोमबार राति दुर्घटना भएको ट्याक्सी सोही ट्याक्सी भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

दुर्घटनामा अन्दाजी २४ वर्षीय सुमन पौडेल (सुवास) को मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको थप पहिचान खुल्न बाँकी छ । ग. १ ज ५४३ नं. को ट्याक्सी पोखरा २२ पुम्दीभुम्दीस्थित फलेंटेको मोडमा दुर्घटना भएको हो ।

ट्याक्सी सडकबाट ५०० मिटर तल खसेको थियो । मृतक पौडेलको घर कास्कीको कृस्तीमा छ । उहाँले सिक्नका लागि राति ट्याक्सी लगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीले त्यसबारेमा ट्याक्सी धनी जिरो किलोमिटरका प्रेमबहादुर गुरुङमाथि थप अनुसन्धान भइरहेको बताए ।

प्रधानमन्त्रीद्वारा कर दिवसको शुभकामना, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

काठमाडौ,१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक

आजदेखि माइक्रोबस चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनै पर्ने

काठमाडौ,१ मंसिर । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजदेखि चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने भएको

 श्रम कार्यालयका तीन विचौलिया प्रहरी खोरमा 

काठमाडौं । ताहचलस्थित श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया शुक्रबार पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन

 व्यस्त ठाउँमा बम राख्ने ओली सार्वजनिक

राँझा । नेपालगञ्जको व्यस्त पुष्पलालचोकमा बिहीबार बम राख्ने जाजरकोटका प्रदीप ओलीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले आज सार्वजनिक गरेको छ । आतङ्क