जापानले नेपाललाई विपद् व्यवस्थापन क्षेत्रमा सहयोग गर्ने

काठमाडौँ, २० कात्तिक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जापानले विकास गरेको विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी प्रविधि र उपकरण नेपालजस्तो प्राकृतिक जोखिममा रहेको मुलुकका लागि उपयोगी भएको बताएका छन ।

नेपालका लागि जापानका राजदूत मासाशी ओगावाससँगको शिष्टाचार भेटमा उनले जापानले नेपालको ऊर्जा, सडक, यातायात, सूचना प्रविधिलगायत क्षेत्रमा महत्वपूर्ण पूर्वाधार संरचनाको निर्माणमा पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै जापानले नेपाललाई सन् २०१५ को भूकम्पपछिको उद्धार तथा पुनःनिर्माणमा महत्वपूर्ण सहयोग गरेको स्मरण गरे ।

भेटवार्ताका क्रममा जापानी राजदूतले नेपाललाई विपद् व्यवस्थापनका क्षेत्रमा आवश्यक सहयोग पु¥याउन आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने विश्वास व्यक्त गरे ।

जापानी राजदूतले आगामी सन् २०२५ मा आयोजना हुने वल्र्ड एक्स्पो जापानको ओसाका शहरमा आयोजना गर्न नेपालको समर्थनका लागि समेत अनुरोध गरेको मन्त्रालयका उपसचिव मनोजकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

वार्ताको ढोका बन्द नभएको नेता नेपालको दाबी

चितवन, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग

देउवासँग ४४ जिल्ला सभापति असन्तुष्ट, भेलाले कांग्रेसमा उथलपुथल ल्याउने 

काठमाडौं । तीनवर्ष अघि सभापति चुनिएसँगै आफ्नै संगठनभित्र चर्को आलोचना खेपिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा विरुध्द ४४ जिल्ला सभापति संगठित

  विप्लवलाई जेलमा थुनेर भएपनि चैतभित्रै मूलधारमा ल्याईने 

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्रै राजनीतिक मूलधारमा ल्याइने दावी गरिएको छ । संसद् भवनमा सोमबार नेपाल कम्युनिष्ट पार्टी

राज्य निरीह संस्था हैन : नेता नेपाल

चितवन, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न