दाहसंस्कार गर्न लाग्दा जिउदो फर्किए ९५ वर्षीय बृद्ध

जयपुर । भारतको जयपुरका एक किसान परिवारका लागि भने दिपावलीमा खुशी थपिएको छ । दाहसंस्कार गर्न लाग्दा ९५ वर्षीय बृद्ध जिवित भएपछि परिवारजनले धुमधामसँग दिपावली गरेका छन् ।

जयपुरको झुनझुनु जिल्लाका ९५ वर्षीय बुद्धराम गुज्जरले नयाँ जीवन पाएका हुन् ।

घरमै बसिरहेको बेला शनिबार दिउसो बुद्धराम एकाएक बेहोस भएका थिए । त्यसपछि परिवारजनले नजिकको स्वास्थ्य संस्थामा लगेका थिए । उनको केही त्यही उपचार गर्दा गर्दै डाक्टरले मृत्यु भएको घोषणा गरेको थियो ।

त्यसपछि परिवारजनले अन्तिम संस्कारको तयारी गरेका थिए । सबै गाउँले उनको घरमा जम्मा भएका थिए । नातेदारले कपाल खौरेका थिए भने दाहसंस्कारको तयारी शुरु गरिएको थियो ।

रुवाबासी चलिरहेकै बेला आफन्तजन पानी दिन थालेका थिए । ‘हाम्रो संस्कार अनुसार, नातेदारले पानी दिन थाले । मुख र छातीमा पानी दिन थाल्यौं । त्यही बेला होसमा आए,’ उनका जेठा छोरा बलुरामले भने, ‘हलचल गर्न थालेपछि घरभित्र लग्यौं । केही बेरमा त उठि हाले ।’

उनको परिवारका लागि दिपावली खुशी बोकेर आएको कान्छा छोरा रञ्जितले टाइम्स अफ इन्डियासँग भनेका छन । ‘बुवा मरेको भए दिपावली हुने थिएन् । हामी शोकमा हुने थियौं तर, बुवा मरिकसेपछि पनि जिवित हुनु भएको छ । यो त हाम्रा लागि चमत्कार हो,’ रञ्जितले भने ।

 

 तिब्बती शरणार्थीका  ६५ जोखिममा

ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ ।  बस्ती तल रहेको कालीगण्डकी किनार

नेपालमा हिन्दी सम्मेलन हुने

जनकपुरधाम, १२ चैत । यही चैत २० र २१ गते जनकपुरधाममा १८ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने भएको छ । नेपाल राष्ट्रिय हिन्दी सम्मेलनद्वारा आयोजना हुने

१० किलोमिटर हुलाकी सडकमा कालोपत्रे

लहान, १२ चैत । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टि सडकखण्डको १० किलोमिटर कालोपत्रे सकिएको छ । भारतीय सीमाक्षेत्रसँग

सिटौला अस्पतालबाट घर फर्के

 काठमाडौँ, १२ चैत । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।  काठमाडौँको ह्याम्स अस्पतालमा