दिल्लीमा बाक्लो तुवाँलो,दुइ घण्टामात्र पटाका पड्काउन सर्बोच्चको आदेश

नयादिल्ली(भारत)। भारतमा दीपावलीअघि नै राजधानी दिल्ली बाक्लो तुवाँलोले ढाकिएपछि त्यहाँका बासिन्दाहरूमा त्रास फैलिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा प्रदूषणको स्तर २० गुणाले बढेपछि त्यहाँ भिजिबिलिटी कम भएको छ।

दीपावली मनाउँदा पटाका पड्काइने भएकाले आगामी दिनमा वायुको गुणस्तर झनै खस्किने ठानिएको भन्दै विज्ञहरूले पूर्वचेतावनी दिएका छन्।

भारतको सर्वोच्च अदालतले दुई घण्टा मात्र पटाका पड्काउन आदेश दिएको छ।

चिन्ता

तर त्यस प्रतिबन्ध लागु गर्न निकै कठिन हुने विज्ञहरूको विश्वास छ।

उत्तर भारतमा दीपावलीलाई ‘असत्यमाथि सत्यको विजय’ हुने सङ्केतका रूपमा मनाइन्छ।

तर पछिल्ला केही वर्षयता त्यस्ता किसिमका उत्सवका कारण वायुप्रदूषणको स्तर खतराको विन्दुमा पुगेको देखिएको छ।

भारतीय सहरहरू वायुको गुणस्तर नराम्रो भएका प्राय: विश्वव्यापी प्रदूषणको सूचकाङ्कमा माथि पर्ने गर्दछन्।

रोक

दिल्लीस्थित अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म घरभित्रै रहन भनेका छन् र सहरभित्र भइरहेका निमार्णकार्य रोक्न थालेका छन्।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कका अनुसार भारतीय राजधानी दिल्ली विश्वकै अतिप्रदूषित स्थानमध्ये छैटौँ स्थानमा पर्छ।

पर्छ।

धेरैजसो मानिसहरूले सामाजिक सञ्जालमार्फत् वायुप्रदूषणप्रति चिन्ता व्यक्त गरेका छन्।

छिमेकी राज्यहरू पन्जाब तथा हरियाणाका किसानहरूले खेत सफा गर्ने क्रममा अन्नबालीका ठुटा जलाउने भएकाले पनि दिल्लीमा हरेक वर्ष नोभेम्बर तथा डिसेम्बरमा वायुको गुणस्तर खस्कने गरेको बताइन्छ। (बीबीसी)

 

बलिउडका रणवीर-दीपिकाले इटलीको \'जलमहल\'मा गरे विवाह

बलिउडका चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले इटलीमा बुधवार विवाह गरेका छन्। इटलीको कोमो नामक तालमा रहेको रिसोर्टमा 'कोनकणी

ब्रेक्जिटः ब्रिटेनलाई ईयू नेताको चेतावनी

युरोपेली संघ (ईयू) का नेताहरूले ब्रेक्जिट अर्थात् ईयूबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई ब्रिटिश संसद्‌ले अस्वीकृत गरे फेरि

जुकरबर्गले कर्मचारीलाई एन्ड्रोइड फोन प्रयोग गर्न भनेपछि...

कात्तिक २९ । सोसल मिडियाको अग्रपंक्तीमा रहेको फेसबुकका प्रमख कार्यकारी अधिकृत मार्क जुकरबर्गले आफ्नो व्यवस्थापन टोलीका सबै सदस्यहरुलाई एन्ड्रोइड

राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर गर्ने पोर्नस्टारका वकिल घरेलु हिंसाको आरोपमा पक्राउ

न्यूयोर्क,२९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्धा दायर गर्ने वकिल घरेलु हिंसाको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वकिल