पोखरा पल्टनलाई पिपिएलको उपाधि


पोखरा, २० कात्तिक । पोखरा प्रिमियर लिग (पिपिएल)को उपाधि घरेलु टिमले जितेको छ । चितवन राइनोजलाई १९.२ ओभरमा तीन विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको हो ।
पोखराका लागि ओपनर रवि इन्दर सिंहले उत्कृष्ट पारी खेले । उनले ५८ बलमा ९० रन बनाए । जसमा तीन छक्का र १३ चौका सामेल छन् ।
त्यस्तै, मोहम्मद नवीजले २५, शरद भेषवाकरले २२ र आसिफ सेखले १२, विनोद भण्डारीले ५ र कुसल भुर्तेलले ४ रन बनाए ।
चितवनका लागि भुवन कार्कीले दुई तथा करन केसी, सन्नि पटेल र पारश खड्काले एक÷एक विकेट लिए ।
यस अघि ब्याटिङ गरेको चितवनले पाँच विकेट गुमाउदै १६० रन बनाएको थियो । चितवनका लागि सन्नि पटेलले ४३, अनिल शाहले ३७, आरिफ सेखले १४ र हरिशंकर साहले ८ रन बनाए ।

पोखराका लागि कृष्ण कार्कीले दुई तथा मोहमद् नवीद र ललित राजवंशीले एक÷एक विकेट लिए ।

कठिन अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं, १२ चैत । भारतमा अभ्यासरत नेपाली यू–१९ क्रिकेट टोलीले कठिन जित हात पारेको छ । आज भएको खेलमा भारतको आन्ध्र प्रान्तको यू–१९ क्रिकेट टोलीलाई

घाइते रोनाल्डो भन्छन्,  ‘छिट्टै खेलमा फर्किन्छु ’

एजेन्सी । युभेन्टस र पोर्चुगल राष्ट्रिय टोलीका स्टार क्रिस्टियानो रोनाल्डो खेलको क्रममा घाइते भएका छन् । सोमबार राती भएको पोर्चुगल र सर्बियाबिचको

आज नेपाल भर्सेस अफगानिस्तान 

काठमाडौँ, १२ चैत । एएफसी यु–२३ च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल र अफगानिस्तान भिड्दैछन् । प्रतियोगिताबाट बाहिरिइ सकेको दुबै

अश्विनले विवादास्पद रुपमा बटलरलाई आउट पारेपछि..

एजेन्सी । सोमबार राती इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको किंग्स ११ पंजाब र राजस्थाल रोयल्स बिचको खेलमा जोश बटलर आउट भएको विषय विवादित बनेको छ