इन्डोनेसियामा ५.१ म्याग्नीच्युडको भूकम्प

जाकार्ता, २० कात्तिक । इन्डोनेसियाको सुलावेसी द्वीपमा मंगलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजिएस) ले जनाइएको छ ।

स्थानीय समयाअनुसार मंगलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु पूर्वी ममासा र पश्चिम सुलावेसीमा पर्ने इलाकाको ११ किलोमिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सूचना भने जारी गरिएको छैन ।

यसअघि गत सेप्टेम्बर २८ मा इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरमा ७.५ म्याग्नीच्युडको भूकम्प गएको थियो । यस भूकम्पमा परी दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै दुई लाख २० हजार भन्दा बढी विस्थापित भएका थिए ।

इन्डोनेसिया भूकम्पको प्रकोपले बारम्बार सताउने देशको सूचीमा पर्छ ।  एएफपी

 यूएईको नौलो घोषणा: ‘असाधारण प्रतिभा’ र लगानीकर्तालाई ‘गोल्डेन भिषा’ 

दुबई, ७ जेठ । लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका व्यक्तिलाई संयुक्त अरब इमिरेट्स (यूएई) ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी

इन्डोनेसियाको राष्ट्रपति पदमा विडोडो निर्वाचित, धाँधली भएको विपक्षीको आरोप

जकार्ता, ७ जेठ । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित भएका छन् । जकार्ता शहरमा

ताजकिस्तानको जेलमा ३२ जनाको मृत्यु

डुशान्बे, ६ जेठ । ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा

चुनावी मतसर्वेक्षणको नतिजा गलत छ – शशी थरुर

नयाँदिल्ली, ६ जेठ । भारतीय कङ्ग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन् ।