तिहारको दोश्रो दिन नरक चतुर्दशी स्नान, दीपदान र कुकुर पुजामा व्यस्त

काठमाडौँ, २० कात्तिक । यमपञ्चकको दोस्रो दिन आज बिहान अरुणोदयकालमा नदी, तलाउ वा धारामा गई स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काइ बालेर बगाउने कार्य पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ ।

आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

त्यस्तै आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको छ । रासस

 

ग्रहले कसैलाई माफ गर्दैन, यस्तो छ कारण

ग्रह दशाहरु भनेको के हो ? ग्रहहरुको प्रभावहरु हुन्छ कि हुँदैन ? अस्तित्वमा जे–जे छ, त्यसको प्रभाव हुनु त स्वाभाविक हो । यदि यो सौर्यमण्डलमा ग्रहहरु छन्

 देवघाटमा माघे सङ्क्रान्ति मेला शुरु

चितवन । पवित्र तीर्थस्थल देवघाटधामको वेणीमा सोमबार बिहान ध्वजाले सजिएको बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको विधिवत् शुभारम्भ गरिएको छ

 ७ सय पाँच वर्षपछि ‘श्रीराम तारकब्रम्ह महायज्ञ’ हुँदै 

काठमाडौं, २७ पुस ।  नेपालमा पहिलोपटक श्रीराम तारकब्रम्ह महायज्ञ हुने भएको छ । शुक्रबार जगत गुरु रामानन्दाचार्य सेवा पिठ सुनसरी तथा महायोगी

 यस्तो छ धर्म र अध्यात्मको भिन्नता 

अध्यात्म के हो र धर्म के हो ? अध्यात्म र धर्म दुईटा शब्दहरु प्रयोग हुन्छन् । अध्यात्म र धर्ममा के भिन्नता छ ? प्रश्न आएको छ ।  अध्यात्म र धर्ममा धेरै ठूलो