फुल्न नसकेको सयपत्री

तिम्रा आँगनभरी
अनि गमलाभरी
फूले होलान् गोदावरी, मखमली र सयपत्री
मैले पनि नरोपेको कहाँ हो र ?
गोडमेल पनि राम्रै गरेको हुँ
बोट पनि हलक्क सप्रेको थियो
कोपिला बस्यो 
पत्र पत्र लाग्यो
तर फुल्न सकेन मेरो सयपत्री ।

तिम्रो सयपत्रीमा के छ ? 
मेरो सयपत्रीमा त धेरै थोक छ
कान छ
आँखा छ
मुख छ
सबै छ
सजीव छ
सुन्छ अनि देख्छ
मात्र बोल्न सक्दैन
किनकि मुखमा
तिम्रो सत्ता मैमत्तको लात छ
तर पनि फुल्ने प्रयासमा छ
पत्र पत्र लाग्छ
तर फुल्न सक्दैन मेरो सयपत्री ।

आफ्नै आँगनमा सयपत्री फुलाउने सपना
विदेशी भूमीमा बारम्बार स्खलित हुन्छ
र त तिम्रो सयपत्री फुलेको छ
मेरो पसिनाले पोको पारेर
विप्रेषणको मल तिमीलाई खन्याएपछि
त्यसैले सेप लाग्यो मेरो सयपत्री
फुल्न सकेन यसपाली ।

सगरमाथाको स्वाभिमानमा
मेरो सयपत्री फुलाउने सपना
खाडीमा आधि गाडिएको छ
पसिनामा चुर्लुम्म डुबेर
निस्कने हरेक सालका प्रयास
मर्माहत छन्
तर पनि ती घडीका सुईसँगै
फुक्ने आशको निरन्तरतामा
आउन सकिन घर आमा यसपाली
यो खबर कानमा पुगेपछि
फूल्नलाई कोपिला लागेका सयपत्री
फुल्न सकेनन् यसपाली ।

दीर्घायुमा फुल्ने मखमलीहरु
गलामा सवार हुने अजम्बरीतामा
हेरिरहेछन् आकासमा
जहाज आउने आसमा
कहिले नसुक्ने अजरताको बाटो बनाउन
दिन गन्दै तेलहरु काम गरिरहेकाछन्
जिवन मौलाउनलाई दुबोहरु हात हल्लाउदैछन् 
शत्रु निमिट्यान्न गर्न
ओखर दैलोको ठेलामा उभिएकोछ
ढाल बनेर
सप्तरंगहरु सप्तर्षी तारा जसरी
चम्किरहेछन् लामो जिवनको आशिर्वाद दिनलाई
यो ललाट आउने दिनमा
उता,
दिदीबहिनीहरु
दाजुभाईको मिलनमा
साल, महिना र दिन गन्दै
पात्रो हेर्छन भित्तामा
तर, दाजुभाई नआउने भएपछि
लाग्छ पात्रोले पनि आत्माह्रत्या गरेछ भित्तामा
अनि कसरी फुल्न सक्छ ?
मेरो सयपत्री यसपाली ।

ए सरकार 
जाउ पल्टाउ तिम्रा ढड्डाहरु
कति उजुरी परे तिमीलाई
जाउ घर घर सोध सबैलाई
कति उजुरी परेनन् तिमीलाई
हत्या, लुट र बलत्कारका
सक्छौ गन्न ?
सक्छौ भन्न ?
हो सक्दैनौ
ती हजारौ पीडा र चित्कारका मनहरु
मेरा कान फुट्ने गरी कराई रहेछन्
मेरो मुटु भत्भत् घोचिरहेछ
मेरो मन चकमन्न हुन्छ
सन्नाटा छाउँछ
वातावरण पनि मौन धारणमा बसे जस्तो लाग्छ
अनि कसरी फुल्न सक्छ ?

मेरो सयपत्री

सयौं निर्मलाका दिदीबहिनीहरु
नारी अस्मितामाथि
चिथोर्ने,
कोपर्ने
र च्यात्ने
ती पुरुष हातहरु देखेर
थरथर काँपिरहेछन्
सुरक्षा गर्ने सरकारको रबैया
पुलिसका बर्दीहरुमा डराइरहेछन्
ती डराएका मनले
काँपेका हातले
गोडमेल गर्न सकेनन् बिरुवालाई
उन्न सकेनन् फूललाई
बोक्न सकेनन् पूजाको थालीलाई
अनि कसरी बनाउलान त ?
लामो सप्तरंगी टीका
हो, त्यसैले मेरो सयपत्री डराएको छ
फुल्ने इच्छा
मनहरुलाई
पत्थर बनाएको छ
अर्को साल फूल्ने कल्पनामा
फुल्न सकेन यसपाली
मेरो सयपत्री ।

********************
इश्वरी पौडेल आकाश
इलाम न. पा. ५, तोरीबारी
हाल- अष्ट्रेलिया

राखी सावंतले पिटाइको बद्ला लिन खलीलाई गुहारिन

काठमाडौं । राखी सावंतले आफूलाई पिट्नेसँग बद्ला लिन रेस्लर खलीलाई आग्रह गरेकी छन् । हरियाणाको अस्पतालमा उपचार गराइ रहेकी राखीलाई भेट्न रेस्लर खली

डेनीका छोरा बलिउडमा डेब्यू गर्दै

काठमाडौं । अभिनेता डेनी डेनजोगपाका छोरा रिङजिङ बलिउडमा डेब्यू गर्न लागेका छन् । उनी एक्सन थ्रिलर फिल्म ‘स्क्वाइड’मा खेल्न लागेका हुन् । सन् २०१९

तीन दिनमा \'ठग्स अफ हिन्दुस्तान\'को कमाइ सय करोड

मुम्बई । बहुचर्चित बलिउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले तीन दिनमा एकसय करोड कमाएको छ । बक्स अफ इन्डियाका अनुसार, ठग्स अफ हिन्दुस्तान

बलिउड स्टार नवाजुद्दीन सिद्दीकी पनि \'मि टू\'मा

मुम्बई । भारतमा चलिरहेको 'मि टू'  अभियानले बलिउड कलाकार, निर्देशक र निर्मातालाई चपेटामा पार्न छोडेको छैन् । कयौं कलाकार, नेता, पत्रकार, लेखक र