कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आज बस्दै छ । बैटकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ ।

बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भएकाले केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काङ्ग्रेसको महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको थियो । महासमिति बैठक मङ्सिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको शर्माले बताए ।

बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुने बताइएको छ । काङ्ग्रेसले संविधानको सङ्घीय संरचनाअनुसार पार्टीको संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

बैठकमा भातृसंस्था नेपाल विद्यार्थी सङ्घको महाधिवेशनको मितिको बारेमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए । नेवि संघको दुईवर्षे कार्यकाल समाप्त भएर थप गरिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि त्यसबारेमा पार्टीमा छलफल हुन लागेको हो ।

वार्ताको ढोका बन्द नभएको नेता नेपालको दाबी

चितवन, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग

देउवासँग ४४ जिल्ला सभापति असन्तुष्ट, भेलाले कांग्रेसमा उथलपुथल ल्याउने 

काठमाडौं । तीनवर्ष अघि सभापति चुनिएसँगै आफ्नै संगठनभित्र चर्को आलोचना खेपिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा विरुध्द ४४ जिल्ला सभापति संगठित

  विप्लवलाई जेलमा थुनेर भएपनि चैतभित्रै मूलधारमा ल्याईने 

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्रै राजनीतिक मूलधारमा ल्याइने दावी गरिएको छ । संसद् भवनमा सोमबार नेपाल कम्युनिष्ट पार्टी

राज्य निरीह संस्था हैन : नेता नेपाल

चितवन, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न