नेपाल आमाको सर्वाधिक ठुलो मूर्ति बनाउन मेयर विष्टले १ करोड सहयोग गर्ने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले महाकाली शारदापिट भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउन एक करोड सहयोग गर्ने भएका भएका छन् । नेपाल आमाको मूर्ति निर्माण समितिले सोमबार भम्केनी धाममा आयोजना गरेको बृहत छलफल कार्यक्रममा मेयर विष्टले आगामी नगर सभामा एक करोडको सहयोगको लगिने बताए ।

‘नेपाल आमाको मूर्ति निर्माण जस्तो महत्वपूर्ण कार्य हुँदैन, त्यसका लागि भीमदत्त नगरपालिका सक्दो सहयोग गर्न प्रतिवद्ध छ, आगामी नगर सभामा एक करोडको सहयोगका लागि प्रस्ताव लैजान्छु’ मेयर विष्टले भने । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य, सुदूरपश्चिम प्रदेशका साँसद, राजनीतिक दलका नेता सहभागी भएका छन् । भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउन १४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

 

जगद्गुरुले देशभर भ्मण गरी मूर्ति बनाउन चाहिने धातु संकलन गरेका छ्न् । भीमदत्त नगरपालिका वडा नं. ८ मा पर्ने भम्केनी धाममा चार महिनासम्म जगद्गुरुले तपस्या गरेपछि यो क्षेत्र धामका रुपमा विकास भएको हो । भीमदत्तका मेयर विष्टले नेपाल आमाको मूर्ति बनाउने कार्य गर्वको कुार भएकाले स्थानीय सरकारले प्रदेश र संघीय सरकारसित पहल गरिने बताए । (समाचारपत्रबाट)

यी हुन् ११ महिनामा ओली सरकारले गरेका २९ काम

काठमाडौ,५ माघ । ३ फागुन ०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकारले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो । धेरै विषयमा

दलालका आँखा पूर्वी पहाडका छोरीचेलीमा...

काठमाडौ,५ माघ । नेपाली चेलीहरूलाई भारतको राजधानी दिल्लीको कोठीमा लगेर बेच्ने एक युवक प्रहरीको फन्दामा परेका छन्। आठ वर्षदेखि नेपाली चेली बेचबिखनको

३३ किलो सुन प्रकरणः एसएसपी खत्रीलाई थुनामै राख्न उच्च अदालतको आदेश

विराटनगर,५ माघ । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स

मन्त्रीले आफ्नो सुविधा आफ्नै तोक्न पाउने....?

काठमाडौ,५ माघ । पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन्। मन्त्रिपरिषद्का पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी