१ सय २६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउने घोषणा

काठमाडौं, १९ कात्तिक । नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गाकी बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छिन् । 

सोमबार पत्रकार सम्मेलन गरेर १७ वर्षीया बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हासिल गर्न आफु तयार रहेको विश्वास दिलाईन् ।  
नेपाली संस्कृति र सभ्यतामाथि पश्चिमा संस्कृतिले आक्रमण गरिरहेको बताउँदै नृत्याङ्गना नेपालले त्यसलाई रोक्नको लागि आफूले ‘कल्चरल’ पोशाकमा उक्त नृत्य गर्न लागेको पनि जनाईन् । 

उनले भनिन्,‘म सानैदेखि नृत्यकर्ममा रुचि राख्ने माान्छे हुँ, आजको दिनसम्म म यसै क्षेत्रमा लागिरहेकी छु, हाम्रो सभ्यता र संस्कृतिलाई पश्चिममा संस्कृतिले आक्रमण गरिहरहेको छ, यसलाई हामीले रोक्नुपर्छ, हाम्रो संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ, त्यो कर्तव्य हाम्रै हो, हरेक नेपालीहरुले देशको शीर माथि उठाउने काम गर्नुपर्छ, म आँफैमा ढुक्क छु, तरपनि सम्पूर्ण नेपालीहरुको आशिर्वाद लिएर यस कर्ममा होमिन चाहन्छु र मलाई यो उद्देश्य पूरा गर्नको लागि यहाँहरु सबैको साथ र सहयोगको अपेक्षा पनि गर्न चाहन्छु ।’

विगत १५ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी बन्दना हाल नयाँ बानेश्वरमास्थित चेल्सी ईन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । उनले सानैदेखि गीत, संगीत र नृत्यमा विषेश रुची रहेको पनि सुनाईन् । बन्दनाले थपिन्,‘जसको फलस्वरुप मैले विद्यालय तहमा नृत्य सिकें, अहिले नृत्य कक्षा खोलेर बसेकी छु, मैले प्रयास गरेकी छु, म सफल हुन्छु ।’

बन्दनाले भनिन्,‘यूवापुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोक तथा दोहोरी गीत एवम् नेपाली लोक संगीतप्रतिको बितृष्णाप्रति मेरो यो प्रयास योग्य सावित हुने आशा लिएकी छु, नेपाली लोक संस्कृतिलाई विश्वमा चिनाउने र नेपाललाई विश्वमा परिचित गराउने एउटा भगिरगथ प्रयासमा साथ, सहयोग, हौसला र माया गर्नुहुनेछ भन्ने अपेक्षा लिएकी छु ।’ 
 

तीन नेपाली कलाकारले फ्रान्समा हिउँको मूर्ति बनाउने

काठमाडौं ।  फ्रान्सको भ्यालोरमा हुने ‘इन्टरनेशनल स्नो फेस्टिभल’ मा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, शिल सारु मगर र दीपेश घिमिरेको टोली छानिएको

 ‘बर्बरिक’वयान: राजा वीरेन्द्रसँग भेट्दा के भनेका थिए मदन भण्डारीले ?

काठमाडौं। स्थानीय कुञ्ज थिएटरमा पहिलो पटक बुधबार प्रदर्शन गरिएको नाटक ’बर्बरिक’ हेरेर विशिष्ट दर्शकले भावुक बन्दै यसलाई मेचीदेखि महाकालीसम्म

सोनु निगमको हत्या गर्ने योजना बनाएको आरोप

काठमाडौं । बलिउडका चर्चित गायक सोनु निगमको हत्या गर्ने योजना बनाइएको समाचार आएको छ । गायक सोनु निगमको हत्या गर्ने योजना बनेको भारतको महाराष्ट्रका

क्यान्सरलाई पराजित गरे इमरान हाशमीका छोराले

काठमाडौं । बलिउड अभिनेता इमरान हाशमी ठूलो पीडाबाट मुक्त भएका छन् । उनका परिवारका लागि खुशीको दिन आएको छ । उनको छोरा अयान क्यान्सर रोगबाट मुक्त भएका