पहिलो पत्नीसँगको सम्बन्धविच्छेद सबैभन्दा पीडादायी : अमिर खान

काठमाडौं । बलिउड अभिनेता अमिर खानले आफ्नो जीवनमा सबैभन्दा पीडादायी क्षण पहिलो पत्नीसँगको सम्बन्धविच्छेदलाई बताएका छन् ।

करण जौहरको भिटी शो कपि विद करनमा बोल्दै अमिरले आफ्नो जीवनका अनेक घटनाहरुको चर्चा गरेका छन् । त्यसैक्रममा उनले पहिलो पत्नीसँगको सम्बन्धविच्छेदको विषयलाई पनि खोलेका हुन ।

अमिरले सन् १९८६ मा रिना दत्तासँग बिहे गरेका थिए । उनका दुई छोराछारी इरा र जुनैद छन् । सन् २००२ मा अमिर र रिनाको सम्बन्धविच्छेद भएको थियो ।

उनले आफ्नी पहिलो पत्नीका विषयमा खुलेर कुराकानी गरे । ‘मैले रिनासँग १६ वर्ष विताए । जब दुवैले अलग हुने निर्णय गरे, त्यो मेरा लागि दर्दनाक थियो,’ अमिरले भने ।

रिनासँगको सम्बन्धविच्छेदले दुवैका परिवार समेत चोट परेको उनले बताए । ‘दुवैका परिवार ट्रमामा परेका थिए,’ उनले भने । मुस्किलले त्यो समय कटाएको अमिरले बताएका छन् ।

उनले अहिले पनि रिनालाई सम्मान र माया गर्ने गरेको बताएका छन् । ‘रिना एकदम राम्रो मान्छे हुन । उनीसँग १६ वर्ष बिताउनु पाउनु भाग्यमानी ठानेको छु । अझै पनि म उनलाई सम्मान गर्छु, माया गर्छु,’ अमिरले भावुक हुँदै भने ।

रिनासँग सम्बन्धविच्छेद भएपछि अमिरले किरन रायसँग बिहे गरेका थिए, सन् २००५ मा । रिना र किरनको सम्बन्ध पनि राम्रो रहेको अमिरले बताएका छन् ।

दश वर्षपछि सिरियलमा फर्किंदै प्राची देसाई

एजेन्सी । भारतीय सीरियलबाट बलिउडसम्मको यात्रा गरेकी प्राची देसाई टेलीभिजनमा पुनः देखिने भएकी छिन् । सन् २०१६ मा रक अन नामक बलिउड फिल्ममा काम गरेकी

करीना कपूर चुनाव लड्दै ?

एजेन्सी । बलिउड नायिका करीना कपूर चुनाव लड्ने हल्ला चलेको बताइएको छ । पछिल्लो समय पारिवारीक जिवनमा रमाइरहेकी करीनाले कांग्रेसको कोटाबाट भोपालमा

‘उरीः द सर्जिकल स्ट्राइक’ को व्यापार सय करोड नजिक

एजेन्सी । ठुला बजेटको चलचित्रहरु नआउँदा औसतको बजेटको चलचित्रको भिडमा ‘उरीः द सर्जिकल स्ट्राइक’ ले राम्रो कमाइ गरिराखेको बताइएको छ । बलिउड फिल्म

इमरान हाशमी अभिनित फिल्मको खल्लो शुरुवात

एजेन्सी । बलिउड नायक इमरान हाशमी अभिनित चलचित्र ‘ह्वाइ चीट इन्डिया’ ले खल्लो शुरुवात गरेको छ । शुक्रबार रिलिज भएको उक्त चलचित्रले पहिलो दिनमा १.७१