भोलीदेखि शेयर बजार अनलाइन प्रणालीमा

काठमाडौं, १९ कात्तिक । भोलीदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ ।

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिए ।

शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्नेछन् ।

स्टकले गत साउन १ गतेदेखि परिक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । स्टकका प्रवक्ता पराजुलीका अनुसार शेयर कारोवारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो ।

यसअघि शेयर कारोवार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रुपमा नै जानुपर्ने वाध्यता रहेको थियो । नयाँ प्रणालीको जडानसँगै कारोवार गर्दै आएकाले दलाल मार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्ने छन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ ।

व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुंगा सावित हुने विश्वास स्टकले लिएको छ । रासस

मदिराले धानेको राजश्व

चितवन, ११ वैशाख। आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस

शिवम् सिमेन्ट्सको शेयरधनीलाई १५ प्रतिशत नगद लाभांस

काठमाडौं, १० वैशाख । शिवम् सिमेन्ट्स लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।  पब्लिक कम्पनीमा परिणत भइसकेपछि शिवम् सिमेन्टले

काठमाडौँमा पाँच हजार साना उद्योग दर्ता

काठमाडौँ, १० वैशाख । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी

लाभ कर नतिर्ने एनसेलको सीम प्रयोग नगर्न अपील 

काठमाडौं । नेपाल सरकारलाई पूँजीगत लाभ कर नतिर्ने एनसेलको सीम प्रयोग नगर्न अभियन्ताहरुले आव्हन गरेका छन् । उनीहरुले एनसेललाई कुनै पनि किसिमको