अब सरकार तीव्र गतिमा अघि बढ्छ : प्रचण्ड

विराटनगर, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ अब सरकार तीव्र गतिमा अघि बढ्ने बताए ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरे ।

अध्यक्ष दाहालले पार्टीमा भोलि आउन सक्ने समस्यालाई अहिले नै निराकरण गर्ने उद्देश्यले तल्लो तहसम्मको एकतामा ढिलाइ भएको बताए ।

‘केन्द्रमा विवाद भएर पार्टी एकतामा ढिलाइ भएको नभइ यसका लागि बनेको कार्यदलको सुझावअनुसार नै पार्टी अघि बढ्ने भएकाले केही ढिलो भएको हो’ उनले भने ।

सरकार पुनःगठन गर्ने कुनै सम्भावना नरहेको र मन्त्रीहरुको काममा गति बढाउन मात्र जोड दिइएको उनको भनाइ थियो । ‘वर्षा सकियो, अब सरकार तीव्र गतिमा अघि बढ्छ’ उनले भने ।

 प्रतिपक्षीको माग सुन्न सभामुखको रुलिङ्ग

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारलाई रुलिङ्ग गरेका    छन्

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले राजपा आक्रोशित, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

काठमाडौ,७ माघ । संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार संसदमा दिएको अभिव्यक्तिप्रति संघीय संसदको तेस्रो ठूलो दल

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक माघ १४ र १५ गते

सुर्खेत,७ माघ । कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक यही माघ दोस्रो साता हुने भएको छ । कर्णाली प्रदेश समन्वय परिषद्का संयोजक तथा प्रदेश सरकारका

नेकपा अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना 

काठमाडौ,६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) की पत्नी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता