निकुञ्जभित्रका एक दर्जन ढोई गर्भवती

काठमाडौँ  । राष्ट्रिय निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ढोई गर्भवती भएका छन् । चितवनमा मात्र दुई वटा ढोईले बच्चा (छावा) जन्माइसकेका छन् भने सात वटा गर्भवती अवस्थामा छन् । त्यस्तै बर्दियामा दुई वटा ढोईले बच्चा जन्माउन साँझबिहान भएका छन् ।

कोशी टप्पु, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका ढोईले भने यस पटक बच्चा पाउने पत्तो छैन । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार यस अघि दुइटा ढोईले छावा जन्माइसकेका र बाँकी सात वटा गर्भिणी अवस्थामा छन् । चितवन राष्ट्रिय निकुञ्जमा अहिले ६० वटा हात्ती छन् । 

बर्दियामा रहेका १३ वटा हात्तीमध्ये दुईवटा हात्तीले यस पटक बच्चा जन्माउने भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अशोक भण्डारीका अनुसार निकुञ्जमा रहेका नौवटा पोथीमध्ये दुईवटा पोथीले बच्चा जन्माउने भएका छन् । 

उता शुक्लाफाँटामा सात वटा हात्तीको दरबन्दी रहेको र तीमध्ये पाँच वटा ढोई रहेका छन् । पर्सा राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरबन्दीमा कुनै पनि ढोईमा गर्भ नबसेको बताइएको छ । बाँके राष्ट्रिय निकुञ्जमा दरबन्दी रहेका १० वटा हात्तीले पनि यस पटक बच्चा नजन्माउने भएका छन् । 
चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार चितवनमा गर्भवती भएका सात वटा ढोईमध्ये केहीले त केही दिनभित्रै छावा जन्माउने लक्षण देखिएको छ । केहीको भने बच्चा जन्माउने समय पुगेको छैन । 

हात्तीले सामान्यतया २० देखि २२ महिनाको अवधिमा छावा जन्माउने गर्छ । एक महिना अघि चितवन राष्ट्रिय निकुञ्जमा गणेशकली नामक ढोईले भाले छावा जन्म दिएको छ भने पूजाकली नाम गरेको अर्काेले पोथी छावा जन्माएको छ । 

छावाको विधि पु¥याएर ११औँ दिनमा न्वारन गर्ने परम्परा रहेको छ । हात्तीलाई भगवान् गणेशका अवतारको रूपमा लिइने भएकाले मानिसको न्वारनको विधि पु¥याएझैँ न्वारन गरेर नामकरण गर्ने गरिन्छ । पोथी छावाको नाम पछाडि कली राखिने गरिन्छ भने भालेको नाम पछाडि गज राखिने प्रचलन छ । 

केही दिन अघि जन्मिएका छावाले हाल दूध मात्र खाने गरेका छन् । कम्तीमा तीन महिनाको अवधिपछि मात्र छावालाई खिर खुवाउने गरिन्छ भने छ महिना पछि छावाले घाँसपात खान सुरु गर्छ ।

चितवनमा हात्ती प्रजनन तथा तालिम केन्द्रको २०४२ सालमा स्थापना पछि ४७ छावाकÞो जन्म भइसकेको छ । जन्मेकामध्ये चार वटाको मृत्यु भएको छ भने हाल ४३ वटा सकुशल छन् । यहाँ जन्मिएका छावा अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षमा पाल्ने गरिएको छ । (गोरखापत्रबाट)
 

 नेवानिले सहकार्यमा ध्यान दिने कि ?

काठमाडौं । दुईवटा वाइडवडी जहाज भित्र्याएर गन्तव्य बढाउने उद्घोष गरेको नेपाल वायुसेवा निगम (नेवानि) ले हालसम्म कुनै गन्तव्य बढाउन सकेको छैन

सर्वोच्चको आदेशले ल्हाक्पा गेलुनै ‘स्पिड आरोही’

सोलुखुम्बु, २५ कात्तिक । सर्वोच्च अदालतको आदेश पछि सोलुखुम्बु दुभिङका आरोही ल्हाक्पा गेलु शेर्पा सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने ‘स्पिड

यात्रुलाई किन सास्ती दिंदैछ बुद्ध एयर ?

 काठमाडौं, २५ कात्तिक । आन्तरिक उडानमा अब्बल मानिएको बुद्ध एयरले यात्रुलाई अनावश्यक दुख दिन थालेको बुझिएको छ । दुईवटा जहाजबाट हवाई क्षेत्रमा प्रवेश

काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन

काठमाडौ,२५ कात्तिक । दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा