आदत नबदलिई जीवन बदलिँदैन

जति बोले पनि, जति सुने पनि धेरै मूल्य हुँदो रहेनछ । केही कुराहरु सुन्दाखेरि, किताब पढ्दाखेरि एकैछिनको लागि बुझेको जस्तो हुन्छ । आहा, मैले ज्ञान पाएँ । यति मीठो, यति राम्रो प्रवचन सुन्न पाएँ । नयाँ कुरा जान्न पाएँ । म जान्ने भएँ भन्याजस्तो लाग्छ । तर, एकैछिनमा हराउँछ । जानेको कुरा बिर्सिन्छ । आज प्रवचन सुन्यो, राम्रो लाग्यो, प्रिय लाग्यो, ज्ञानै ज्ञानले भरिएको जस्तो लाग्यो । दुई दिनपछाडि कसैले सोध्यो, तपाईंले प्रवचन सुन्नुभएको थियो, कस्तो लाग्यो ? तपाईंले किताब पढ्नुभएको थियो, कस्तो लाग्यो ?  राम्रो लाग्यो ।

के राम्रो लाग्यो भन्दा त्यो चै थाहा छैन । हामी कुनै पनि राम्रो कुराहरुलाई सुन्छांै, एकैछिन झस्किन्छौं, ब्यँुझिन्छौं । ए हो कि क्या हो भन्ने लाग्छ । औंसीको रात छ, अन्धकार छ, चारैतिर अँध्यारो छ, त्यहाँमाथि पनि बादल लागेको छ, निष्पट्ट अन्धकार, यो अन्धकारमा बिजुली चम्कँदाखेरि सबै वस्तुहरु देखिन्छन् । बिजुली चम्किएको प्रकाश सकियो, अनि फेरि अन्धकार भयो अन्धकार । पहिला देखिएका वस्तुहरु पनि देखिन बन्द गर्छन् । 
पुस्तक पढेर, प्रवचन सुनेर जानेको कुरा यस्तै हो बिजुली चम्केको जस्तो । बिजुली चम्किउन्जेल देखियो, बिजुली बन्द भयो, फेरि हरायो । अब बिजुली चम्किने क्रम एकदमै क्षणिक छ, यो प्रकाश लामो समय भइदिए त हुन्थ्यो । अहिले आयो, गई नै हाल्यो । बोल्ने मानिसले एउटा शब्द बोल्यो, सक्किहाल्यो । बिजुली चम्केको जस्तो फेरि अन्यत्र लाग्यो, त्यो शब्द त छुटिहाल्यो । एउटा शब्दले हाम्रो मनलाई घचघच्याएको हुनसक्छ । तर, त्यो शब्द छुट्यो, मन फेरि पहिला जस्तो स्थितिमा थियो, उही स्थितिमा गयो । अब यसलाई स्थायी कसरी बनाउने ।

स्थायी रुपमा मनलाई कसरी परिवर्तन गर्ने ? सबैभन्दा महत्वपूर्ण हो हाम्रा आदतहरु । आदत राम्रो नबनीकन कुनै व्यक्ति सुखी हुन सक्दैन । हामीलाई कसैले सुख दिएका छन् भने हाम्रा राम्रा आदतहरुले, बानी व्यहोराहरुले । राम्रो बानी व्यहोरा छ हामीमा राम्रा गुणहरु छन् भने हामी सुखी भयौं । र, नराम्रा गुणहरु छन्, दुर्गुणहरु छन्, नराम्रा आदतहरु छन् भने हामी दुःखी हुन्छौं । सुख र दुःखहरु भनेको हाम्रा आदतहरु कस्ता छन्, त्यसमा निर्भर गर्छ । अब हामीलाई कुनै पनि प्रवचनले, किताबहरुले हाम्रा आदतहरु परिवर्तन गराएका छन् कि छैनन् ? गराए भने सुख छ, सुने हुन्छ, किताब पढे हुन्छ । तर आदत रुपान्तरण भएन खराब आदत छुटेनन् र नयाँ आदत बनेनन् भने प्रवचनको केही अर्थ छैन । एकैछिनको मनोरञ्जन जस्तै हो । एकैछिन त रमाइलो लाग्यो, मनोरञ्जन भयो, यसले जीवनमा रुपान्तरणचाहिँ लिएर आएन । जबसम्म सिकाइएका कुराहरु, ज्ञानगुनका कुराहरु, राम्रा पुस्तकहरु, राम्रा प्रवचनहरुले हाम्रो आदतलाई, बानी व्यहोराहरुलाई परिवर्तन गर्न सक्षम हुँदैनन्, तबसम्म त्यस्ता कुराहरुको केही अर्थ छैन । हाम्रा आदतहरु रुपान्तरण हुनलाई सहयोगी भए कि भएनन् ? अब सहयोगी त्यतिखेर हुन्छन्, जतिखेर हामी आफ्नो आदतहरु परिवर्तन गर्न तयार हुन्छौं । हामी तयार नै छैनौं भने जतिसुकै राम्रा पुस्तकबाट, जतिसुकै सुन्दर प्रवचन सुनौं केही अर्थ छैन । पहिला खोज्नुपर्छ म तयार छु कि छैन ? आपूmसँग अवगुण पनि छन् भन्ने थाहा छ कि छैन ? ममा भएका अवगुणहरुले मलाई दुःख दिएका छन् भन्ने मैले बुझेको छ कि छैन ? थाहा भयो भने त हटाउन अरुले सहयोग गर्न सक्छन् । यी सबै सहयोगी हुन् । सबै शास्त्रहरु सहयोगी हुन् । जो मानिस बाटो हिँड्छ उसको लागि शास्त्र, जसलाई बाटो हिँड्नै छैन, त्यसलाई शास्त्र के गर्नु ? मार्गचित्र मार्गमा हिँड्ने मानिसहरुको लागि काम छ । जुन व्यक्तिलाई हिँड्नै छैन, उसलाई मार्गचित्र दिएर के गर्नु ? 

सबै शास्त्रहरु, सबै प्रकारका प्रवचनहरु, पुस्तकहरु मार्गचित्र हुन् । बाटो देखाउने नक्सा हुन् । तर हामीलाई हिँड्नै छैन भने जतिसुकै स्पष्ट नक्सा होस्, रङहरु भरेर सुन्दर बनाएको होस्, मनोरञ्जन मात्रै हुन्छ । आहा, कति राम्रो नक्सा बनाएछ, आहा भन्यो, दङ्ग प¥यो, बस्यो । हिँड्ने मानिसको लागि शास्त्र काम छ, जसलाई हिँड्नु छैन, ती मानिसहरुलाई शास्त्र बेकार छ । नक्सालाई पाठ गरेर बसेर, मार्गचित्रको जप गरेर बसेर गन्तव्यमा पुगिन्न । गन्तव्यमा पुग्नको लागि हिँड्नुपर्छ । हिँड्नु भनेको हाम्रा आदतहरुलाई रुपान्तरण गर्नु हो । मेरो बानी व्यहोरामा परिवर्तन आयो कि    आएन ? पहिला म जस्तो थिएँ, आज पनि उस्तै छु भने बेकार गयो, समय खेर गयो । नसुने हुन्छ । हैन भने रुपान्तरण हुनुपर्छ । रुपान्तरण कसरी हुन्छ ? एक–एक कुरालाई सुधार्दै जानुपर्छ । आफ्नो अभ्यास गर्नुपर्छ । बिहान ढिलासम्म सुत्ने बानी थियो, ध्यानको अभ्यास गर्नुपर्ने कारणले बिहान सबेरै उठ्ने बानी लाग्यो । यो रुपान्तरण हो । बिहान चार बजेदेखि सात बजेभित्र योग, ध्यान र प्राणायामको अभ्यास गर्न जरुरी छ । हामीले ध्यानको विषयमा सुन्यौं मात्रै, यसले राम्रो गर्दो रहेछ भनेर थाहा मात्रै पायौं, या ध्यानको अभ्यास ग¥यौं ? अभ्यास गरेपछि त व्यक्ति रुपान्तरण भइहाल्छ । तर सुनेर मात्रै कोही रुपान्तरण हुँदैन । प्रत्येक कुरालाई अभ्यास गर्नुपर्छ । यी सबै उपायहरु, यी सबै प्रवचनहरु अभ्यासीहरुका लागि हो । जसलाई अभ्यास गर्नु नै छैन, उसले सुने के, नसुने के ? अभ्यासले रुपान्तरण गर्छ । अभ्यासले आदत परिवर्तन गराइदिन्छ । जब हामी ध्यानको अभ्यास गर्न थाल्छौं, यसले आदतहरु रुपान्तरण गर्छ ।

अब हेर्ने ध्यानको परिणाम हो स्वभावमा परिवर्तन । स्वभावमा परिवर्तन भएको छैन भने कहीँ त्रुटि भयो । मैले ध्यान गर्न जानिनँ कि, अब खोज्नुपर्छ । सोध्नुपर्छ । हैन भने ध्यानस्थ व्यक्ति आनन्दित हुन्छ । ध्यान गर्न थालेपछि रिस कम हुन्छ । ईष्र्या कम हुन्छ । अरुको आलोचना गर्ने, कुरा काट्ने क्रम रोकिन्छ र अरुलाई सम्मान गर्न मन लाग्छ । व्यक्तिको मात्रै हैन, वस्तुको पनि सम्मान गर्न मन लाग्छ । प्रत्येक व्यक्तिहरुसँग श्रद्धा जागेर आउँछ । हृदय प्रेमल हुन्छ । यो भएन भने काहीँ त्रुटि भयो । हाम्रा गुणहरु परिवर्तन भएनन् भने ध्यान ठीक लागेन भन्ने बुझ्नुपर्छ । मैले ध्यानको अभ्यास निरन्तर गरेँं, परिणाम के आयो ? परिणाम आउनुपर्छ र ध्यानबाट प्राप्त हुने परिणाम भनेकै मेरो स्वभावमा परिवर्तन हुनु हो, रुपान्तरण हुनु हो । साह्रा दुनियाँले देख्छ, ध्यानी व्यक्ति कस्तो हुन्छ भनेर । म ध्यान गर्छु भनेर कसैलाई सुनाउनै पर्दैन । ध्यान गर्ने मानिस उसको व्यवहारबाट चिनिन्छ । उसको आचरणबाट चिनिन्छ । ध्यान गर्ने मानिस लयबद्ध हुन्छ । नियममा हिँड्छ । ध्यान गर्ने मानिसले कहिल्यै नियम तोड्दैन । कानुन तोड्दैन । कानुनको पालना गर्छ । कानुनलाई सम्मान गर्छन् । ध्यान गर्ने मानिसले कसैलाई थिचोमिचो गर्दै गर्दैन । सबैको भलाइका लागि काम  गर्छ ।

आफू पनि सुखी र अरुलाई पनि सुखी बनाउने यात्रातिर लाग्छ । यस्तो रुपान्तरण हामीमा आयो कि आएन ? आएन भने त्रुटि भयो । हामीलाई जे गर भनिएको थियो, त्यसलाई अभ्यासमा लिएर आएनौं । सुन्यौं मात्रै । एक कानले सुन्यो, अर्को कानले उडायो, सक्कियो । प्रयोगमा नआउने ज्ञान सिक्नुको कुनै अर्थ छैन । जुन ज्ञान प्रयोगमा आउँदैन, त्यो ज्ञान के काम ? दुई कौडीको अर्थ छैन त्यसको र कर्म गरेनौं भने बानी व्यहोरामा सुधार आउँदैन । ज्ञानले मात्रै बानी व्यहोरामा सुधार आउँदै आउँदैन । बानी व्यहोरामा सुधार ल्याउनको लागि कर्ममा आउनुपर्छ र यही कर्मलाई, यही अभ्यासलाई हामी साधना भन्छौं । साधना भनेको अभ्यास हो । मेरा खराब आदतहरु छुटून् र शुभ आदतहरु भरुन् । सबैसँग मीठो बोल्छु, सबैको सम्मान गर्छु, आदर गर्छु, सबैको हित हुने कर्म गर्छु, सबैको कल्याणका लागि काम गर्ने बानीहरु बने भने यो ध्यानको फल अब प्राप्त भयो । अब हामी ध्यानको दिशातिर अगाडि बढ्यौं भन्ने प्रमाणित भयो । हैन भने बालुवामा पानी हालेजस्तै जति हाले पनि भरिँदैन । हाम्रो जीवन रुपान्तरण भएन भने केही अर्थ भएन । हाम्रो जीवनमा नित नित खुसी बढ्नुपर्छ । आज म जति खुसी छु, भोलि त्यो भन्दा बढ्नुपर्छ । जीवन प्रगतिमुखी छ, प्रत्येक पल हामी प्रगतितिर अगाडि बढ्नुपर्छ । दुर्गतितिर हैन । आफ्नो निरीक्षण गर्ने, हिजो म कस्तो थिएँ, आज कस्तो भएँ ? हिजो जस्तै म ठीक काम ठीक समयमा नगर्ने, हिजो जस्तै म कुनै काम अगाडि आयो भने भोलि गरौंला नि, एकछिनपछि गरे भइहाल्छ नि भनेर पन्छाउने आदतहरु उस्तै छन् भने म परिवर्तन भइनँ । जतिसुकै ध्यान गर्नुस्, जतिसुकै भगवान्को पूजा गर्नुस्, केही अर्थै छैन । हिजोभन्दा आज राम्रो भयो, आज म ठीक समयमा ठीक काम गर्ने भएँ, जुन समयमा जे काम गर्नुपर्छ, त्यो समयमा त्यो काम गर्नु नै ठीक हो । ठीक काम भनेको यत्ति नै हो । 

समयलाई नखर्चौं । आफ्नो आदतहरुमा रुपान्तरण गरांै । आचरणमा सुधार ईश्वरतिरको यात्रा हो, सुखतिरको यात्रा हो । आफ्नो दुर्गुणहरु लिएर हामी कहिल्यै आफूभित्रको परमानन्दमा प्रवेश गर्न सक्दैनौं । सफा हुनुपर्छ । फोहोरमा हामी बस्न सकौंला तर ईश्वर बस्दैन । भगवान्लाई निमन्त्रणा गर्नु छ, भगवान्को मन्दिर स्थापना गर्नु छ भने त्यो ठाउँ त सफा हुनुपर्छ । फोहोर ठाउँमा त भगवान् बस्दैन । त्यसैले आफूभित्र रहेका फोहोरहरुलाई हटाउनु छ, आफूभित्र रहेको फोहोर भनेको हाम्रा नराम्रा बानी व्यहोराहरु हुन् । खराब आचरणहरु हुन् । यी खराब आचरण, नराम्रा बानी व्यहोराहरुलाई हटाऔं, हाम्रो जीवन ईश्वरमय बन्छ । हाम्रो जीवन सुन्दर बन्छ । आनन्दित हुन्छ । हामी सबैलाई पनि आचरणमा बस्ने अवसर मिलोस् । शुभ कार्य गर्ने अवसर मिलोस् र आप्mना बानी व्यहोराहरुलाई रुपान्तरण गर्ने अवसर मिलोस् ।

(जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतारिएको सामग्री)
 

सडकमा घिस्रिए विराटनगरका मेयर

विराटनगर, २७ कात्तिक । विराटनगर महानगरपालिका मेयर भीम पराजुली सडकमा घिस्रिएका छन् । नगरको शान्ति र विकासका लागि छठमा ब्रत बसेर घिस्रिएको उनले बताएका

 जीवनमा के के त्याग गर्दा के पाईन्छ

त्यागको ठूलो चर्चा हुन्छ । त्यागबाट मोह नाश हुन्छ भन्ने मान्यता छ । तर त्याग्नको लागि आफूसँग हुनुप¥यो । त्याग्न जरुरी छ । त्याग्ने अभ्यास हुनुपर्छ ।

चितवनमा  ८० करोडको बहुदेश्यीय धाम बन्दै

चितवन । भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ ।  भरतपुरको

किन भनियो गोवर्धन पूजा

🌹  गोवर्धन पूजको दिन तिहार ९यम पञ्चक०को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा