२० भन्सार नाकाबाट दुई खर्ब ६० अर्ब राजश्व

काठमाडौं, १८ कात्तिक । चार महिनामा २० भन्सार नाकाबाट सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ ।

चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्म दुई खर्ब ६० अर्ब ६८ करोड २६ लाख बराबरको राजश्व सङ्कलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सो परिमाणको राजश्व सङ्कलन भएको हो । सरकारले चालू आवमा नौ खर्ब ४५ अर्ब ५५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

भन्सार विन्दुमा गरेको सुधार तथा आन्तरिक राजश्व सङ्कलनमा गरेको कडाइका कारण राजश्व सङ्कलनमा वृद्धि भएको हो ।

यस्तै विकास खर्च भने आशातीत रुपमा बढ्न सकेको छैन । सो कार्यालयका अनुसार हालसम्म विकास खर्च ७ दशमलव ७६ प्रतिशत मात्रै भएको छ ।

चाडबाडका कारण विकास खर्चमा उल्लेख्य वृद्धि हुन नसकेको बताइन्छ । भन्सार विभागका अनुसार वीरगञ्ज भन्सारले सबैभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

यस्तै बढी राजश्व सङ्कलन गर्नेमा क्रमशः भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, विराटनगर, वीरगञ्ज सुक्खा बन्दरगाह, नेपालगञ्ज, रसुवा, मेची, कृष्णनगर, कैलाली, जलेश्वर भन्सारलगायत छन् । हाल २० भन्सार नाका सञ्चालनमा छन् ।

नेपालीलाई जापान जाने बाटो खुला, कमाइ २ लाख

काठमाडौं, ११ चैत । नेपालीहरुलाई कामदारको रुपमा जापान जाने मार्ग खुला भएको छ । सोमबार काठमाडौंमा नेपाल र जापान सरकारबीच यसबारे समझदारी पत्रमा

 सागबाट लाख कमाई

गलेश्वर । म्याग्दीमा साग बेचेर एक किसानले एक लाखभन्दा बढी कमाइ गर्न सफल भएका छन् । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट खबराका ६१ वर्षीय

 द्रुतमार्गमा काटिएका करोडौँको काठ नष्ट हुँदै 

हेटौँडा, २ चैत । मकवानपुरमा निजगड–काठमाडौँ द्रुतमार्ग ९फास्ट ट्रयाक० निर्माणका लागि काटिएका २५ करोड मूल्य बराबरको काठ लिलाम हुन नसक्दा नष्ट हुन

सप्तरीमा चैते धानको रोपाइँ प्रभावित

राजविराज, २ चैत्र । सप्तरीमा उचित सिँचाइको व्यवस्था नहुँदा र समयमा वर्षा नभएका कारण यस वर्षको चैते धान रोपाइँ प्रभावित भएको छ ।  किसानलाई यतिबेला