तुलाधारको योगदान कहिल्यै बिर्सन सकिन्नः नेता नेपाल

काठमाडौँ, १८ कात्तिक । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन् ।

उनको आजै दिउसो १२.४५ बजे ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो । उनी केही दिनदेखि उपचाररत थिए ।

त्यहाँ पुगेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, “नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका कहिल्यै बिर्सन सकिन्न ।”

नेतृ हिसिला यमीसहित अस्पताल पुगेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले तुलाधार लोकतान्त्रिक आन्दोलनका खम्बा, तथा सबैका आदरणीय आदर्शवान र निष्ठावान् व्यक्तित्व भएको बताए ।

मस्तिष्काघात भएर अस्पताल भर्ना भएका तुलाधरको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको हो । उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

पत्रकार तथा साहित्यकार समेत रहेका उनका श्रीमती, दुई छोरा र दुई छोरी छन ।

 ‘मदन भण्डारी बाँचेका भए जनयुध्द हुने थिएन’–प्रचण्ड

म्याग्दी ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले सहकार्य गर्न तत्कालिन एमाले नमाने पछि आफूहरु जनयुध्दमा होमिएको

 प्रचण्डले कति नांगिन मिल्ने ?

काठमाडौं । दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण पर्वहरु सम्पन्न भएका छन् । यी पर्वले नेपालीलाई परिवार र गाउँसँग अपडेट गराएका छन् । पर्व मनाएर परिवारका

शिक्षा नीति परिवर्तन आवश्यक : दाहाल

म्याग्दी, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी

बैतडीमा नेकपाको समायोजनको काम टुङ्गियो

बैतडी,२८ कात्तिक ।  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको बैतडीमा पार्टी समायोजनको काम टुंगो लागेको छ । पार्टी जिल्ला