फेसबुकका ८१ हजार खाताको विवरण चोरी

काठमाडौं । फेसबुकका लागि गत वर्ष खराब रह्यो, उसका कयौं खाताको विवरण चोरी भए । तर, यो वर्ष पनि त्यो क्रम रोकिएन् । फेरी फेसबुकका खाताको विवरण चोरी भएको समाचार आएको छ ।

बिबिसिको रिपोर्टअनुसार, ८१ हजार खाता चोरी भएका छन् । ति खाताको बिस्तृत विवरण ह्याकरले बिक्री गरिरहेका छन् । ति खाताहरु बिक्रीमा रहेको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । यसरी सार्वजनिक गरिएको वेबसाइटको डोमेन रुसको सेन्ट पिटसबर्गमा रहेको जनाएको छ ।

दुई महिना अघि ति खाताहरु चोरी भएको रिपोर्टमा उल्लेख गरिएको छ । ति ह्याकरले १२ करोड फेसबुक प्रयोगकर्ताको खाता विवरण आफूसँग रहेको बिबिसिलाई बताएको छ । ति सबै बेच्न खोजेको पनि जनाएको छ ।

यसमा अनुसन्धान गर्दा ८१ हजार फेसबुक प्रयोगकर्ताको विवरण र उनीहरुका निजी मेसेज सहित बिक्री गरिरहेको खुलेको छ ।
त्यस्तै, ति ह्याकरसँग एक लाख ७६ हजार फेसबुक प्रयोगकर्ताको इमेल र फोन नम्बर समेत रहेको पाइएको छ । 

रिपोर्टका क्रममा बिक्री भइरहेका खातावालाहरुसँग पनि कुराकानी गरिएको छ । ६ जना प्रयोगकर्तासँग गरिएको कुराकानीमा उनीहरुका मेसेज भएको पुष्टि भएको छ ।

‘ति खातावालासँग चोरिएका मेसेज दिइएको थियो । उनीहरुले आफ्नै मेसेज भएको बताएका छन्,’ रिपोर्टमा भनिएको छ । ति मेसेजमा टेक्समात्रै नभएर फोटो पनि भएको जनाएको छ ।

यसरी बिक्री भइरहेका खाता युक्रेन, रुस, बेलायत, अमेरिका, ब्राजिल लगायतका देशका भएको जनाएको छ ।

फेसबुकले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । फेसबुका भाइसप्रेजिडेन्ट गाय रोजेनले भनेका छन, ‘अनुसन्धान गरिरहेका छौं । खाता चोरी गर्ने प्रयोगकर्तालाई ब्लक गर्न कानुनी एजेन्सीहरुसँग छलफल गरिरहेका छौं ।’
  

अबको २५ वर्षमा मंगल ग्रहमा मानव बस्ती ?

२८ कात्तिक । अमेरिकाको स्पेस एजेन्सी नासाले अबको २५ वर्षमा मंगलमा मानव बस्ती बसाउन सकिने जानकारी सार्वजनिक गरेको छ । तर त्यसको लागि प्राविधिक र

चीनले कृत्रिम सूर्य बनाउँदै, १० करोड डिग्रीको तापक्रममा काम गर्न सक्ने

बेइजिङ,२८ कात्तिक । विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रान्ति हासिल गर्ने होडमा चीनले केही समय अगाडि मात्र आफ्नै ‘कृत्रिम चन्द्रमा’ लन्च गर्ने

तिहारमा ‘ग्रिन पटाखा’ आउँदै

काठमाडौं, ८ कात्तिक । दशैं सकिएसँगै तिहार नजिकिएको छ । दाजुभाइ, दिदीबहिनीको पर्वका रुपमा लिइने तिहारमा फूल, माला, दीयोसँगै पटाखामा पनि अनिवार्य जस्तै

स्टेफन हकिङको ह्वीलचेयर लिलामीमा

वासिंगटन । विश्व विख्यात वैज्ञानिक स्टेफन हकिङले प्रयोग गर्ने सामान लिलामीमा राखिने भएको छ । उनको साइन्टिफिक पेपर, विद्यावारिधीको शोधपत्र लिलामीमा