कालीञ्चोकमा सुरु भयो केबुलकार 

जिरी । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आज शनिबारबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । 
दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ । 

कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए। 

कालीञ्चोक दर्शन लिमिटेडले साँढे दुई वर्षअघि निर्माण शुरु गरेको कालीञ्चोक केबुलकार करीब रु ४५ करोडको लागतमा सम्पन्न भएकोे हो । 
केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति रु पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए । 

सर्वसाधारणलाई रु पाँच सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । 
स्वीस प्रविधिबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ । 
केबुलकार सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । रासस

 वाइडबडी काण्डः कहाँ चुके कंसाकार ?

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले नेपाल सरकारको जमानीमा कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग ऋण लिइ दुईवटा वाइडबडी जहाज ल्याइसकेको छ। यो

अब एयरपोर्टमा युवा कर्मचारी मात्र ?

काठमाडौं, ७ माघ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने पर्यटक तथा यात्रुहरुले कर्मचारीको अशिष्ट व्यवहार गरिरहेको गुनासो

जहाजविहीन बनाएर निगम डुवाउने खेल

काठमाडौं । सन् १९६० अर्थात बिसं २०१६ मा स्थापना भएको नेपालको राष्ट्रिय ध्वजा बाहक नेपाल बायुसेवा निगम । हवाई क्षेत्रमा राष्ट्रिय ध्वजाबाहकको

नेवानिको बोइङ फेरि ‘ग्राउन्डेड’

काठमाडौं, ३ माघ । नेपाल वायुसेवा निगम (नेवानि) को बोइङ ७५७ फेरि ग्राउन्डेड भएको छ । सामान्य प्राविधिक समस्या देखिएर मर्मतको लागि मलेसिया लगेको उक्त