सेनाको नयाँ ठेक्कामा पुरानो ‘ब्याग’

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले बिजयादशमीको पूर्वसन्ध्यामा सैनिक मुख्यालयमा पत्रकारहरुलाई डाकेरै सेनाभित्र भ्रष्टाचार रहेको स्वीकार गर्दै त्यसलाई शून्य सहनशीलतामा झार्न आफू लागिपरेको बताएका थिए । त्यस अवसरमा सेनापति थापाले सेनामा आफूले चालेका सुधारका कामलाई सहयोग गर्न संचारकर्मीलगायत सबैमा आग्रह पनि गरे । तर सेनापति थापाले सेनाभित्रको भ्रष्टाचार निर्मूल पार्न उद्घोष गरिरहेकै बेला सैनिकले बन्दोबस्तीका सामान बोक्ने वेभ ईक्युपमेन्ट ब्याग खरीदमा डरलाग्दो घोटाला मिलाउने तारतम्य भईरहेको खबर प्रकाशलाई प्राप्त भएको छ ।

समाचार सुत्रका अनुसार सेनाको मालसमान खरीद गर्ने सम्भार रथी बिभागका केही अद्यिकृत तथा विबादास्पद ठेकेदार पिताम्बर मुन्काको योजनामा ३५ हजार थान ईक्युपमेन्ट ब्याग खरिदमा डरलाग्दो गरी घोटला गर्न लागिएको छ । ब्याग खरीदको ठेक्का पाएको विजय श्रेष्ठ र अर्का ठेकेदार ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र विसी लगायतको यसमा लागि परेका छन् ।
कसरी हुँदैछ घोटाला ?


निर्वतमान प्रधानसेनापति राजेन्द्र क्षत्रीका पालामा करीव १४ करोड मुल्य बराबरको ३५ हजार थान सैनिकले बन्दोवस्तीका सामान राख्ने वेभ इक्युमेन्ट ब्याग खरिदको जिम्मा बिजय श्रेष्ठको न्यू एसियन नामक कम्पनीले पाएको थियो । काठमाडौंको रैथाने श्रेष्ठ शुरुमा प्रधानसेनापति निवास शशी भवनमा आवश्यक सम्पूर्ण सामान आपूर्तिको ठेक्का लिएका थिए । त्यहि क्रममा निर्वमान सेनापति क्षत्री पत्नी रीता क्षत्रीसँग बढेको सम्पर्क मार्फत श्रेष्ठले त्यो ठेक्का हात पारेका थिए । त्यसो त उक्त ठेक्का श्रेष्ठले पाउनुमा सेनाभित्रका बिवादास्पद ठेकेदार मुन्काकै भूमिका रहेको थियो । ठेक्का खासमा मुन्का आफैं लिन चाहान्थे । आर्थिक बर्ष ०७२/०७३ मा व्याग खरिदको ठेक्का मुन्काले नै पाएका थिए । तर मुन्काले सामान तोकिएको समयमा बुझाएनन् । ढिलो गरी बुझाएको सामान गुणस्तर हेर्ने सेनाको समितिबाट अस्वीकृत भयो । त्यसपछि भएको व्याग खरिदको ठेक्कामा मुन्का देखिने गरी अगाडि आउन सकेनन् र श्रेष्ठलाई मोहरा बनाए ।

ठेक्का परेपछि श्रेष्ठले चीनमा सामान तयार गर्न लगाए । सामान तयार गर्न लगाएपछि सेनामा खरीद गर्न लागिएको सामान निरीक्षण अनुगमन गर्ने प्रचलन रहेको छ । बिषेश गरी संभाररथी बिभाग मातहतका उच्च अधिकृतहरु यस्तो अनुगमनमा जाने सामेल हुने गर्दछन । तर, मुन्काको सेटिङमा संभाररथीबाट उच्च अधिकृत नलगि कालिकास्थानमा रहेको बहुव्यवसाय उद्योगका एक क्याप्टेन र मेजर राजकुमार लामालाई लगियो । श्रेष्ठ, ज्ञानेन्द्र बस्नेत र लामासहितको अनुगमन टोलीले चीनमा निर्माण भईरहेको व्यागको नमूना छाउनीस्थित आवासखानामा पेश गरी परीक्षण गर्दा व्यागको कपडा वाटर प्रुफ (पानी नछिर्ने) हुनुपर्नेमा कपडाबाट पानी छि¥र्यो ।

समाचारअनुसार त्यसपछि यो बिषयले सेनामा हंगामा भयो । किनभने त्यतिबेलासम्म चीनमा तीस हजार थान व्याग तयार भैसकेको थियो । त्यसपछि ठेकेदार श्रेष्ठ भएपनि मुन्काको अगुवाईमा अर्को नमूना पेश गर्ने भन्दै चार दिन समय मागियो । र, चीनबाट अर्को नमूना ल्याएको भन्दै पूर्व प्रधानसेनापति क्षत्री पत्नी रीतामार्फत पहिल्यै मुन्काले ढिलो बुझाएका कारण अडकिएको झोलाको कपडा पेश गरेर नमुना पास गराइयो ।
समाचार स्रोतकाअनुसार निवर्तमान प्रधानसेनापति क्षत्रीकै पालामा उच्च तहबाट पावर भिडाएर गुणस्तर समितिका सदस्यलाई बिशेष प्रभावमा पारेर नयाँ ठेक्कामा पुरानो व्याग भिडाउने प्रपचलाई बैधानिकता दिन लागिएको छ ।

 प्रकाश खबर (http://prakashkhabar.com) का अनुसार, यहि प्रपंचलाई सफल पार्न योजनाबद्ध ढंगले निरीक्षण अनुगमनमा उच्च तहका सैनिक अधिकारी नलगी मेजरलाई लगिएको योजना अनुसारनै वाटारप्रुफ कपडा प्रयोग नगरी ४ दिनको समय लिएर पुरानो ब्याग भिडाएको तथ्यहरुले देखाएका छन् । यसबारेमा सेनापतिले विश्वास गरेर सम्भारको जिम्मा दिएका उपरथी रघु भण्डारीले कसरी छानविन गर्छन हेर्न बाँकी   छ । विशेषगरी सेनापति थापालाई थाहा नै नदिइकन भइरहेका यस्ता गुप्त धन्दाहरुलाई सदाका लागि निर्मुल गर्न सेनापति थापाले पुराना ठेक्का अध्ययन अनुसन्धान गर्न एक छानविन समिति नै गठन गर्नुपर्ने देखिएको छ । किनभने अघिल्लो नेतृत्वले गरेका गलत कामको भारी वर्तमान नेतृत्वले नबोक्ने हो भने ।

चिकित्सक नहुँदा शल्यक्रिया अवरुद्ध

सल्यान,१ मंसिर । जिल्ला अस्पताल सल्यानमा चिकित्सक नहुँदा शल्यक्रिया सेवा अवरुद्ध भएको छ । अस्पतालमा चिकित्सक अभावका कारण विगत दुई हप्तादेखि

पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेनको बनाइने

नारायणघाट–बुटवल ११३ किलोमिटर विस्तार दुई महिनाभित्र सुरु हुँदै काठमाडौ,१ मंसिर । पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय

जन्ती बनेर आउँदै आदित्यनाथ

रेलको पनि उद्घाटन जनकपुर,१ मंसिर । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् । प्रदेश २

चिसोमा अनुहारको छाला जोगाउने यस्ता छन् उपाय

काठमाडौं । मानिसको छाला हरेक २८ दिनमा फेरीरहेको हुन्छ । छाला सम्पूर्ण शरीरको सुरक्षा कवज हो । त्यसैले छालाको सुरक्षा र स्याहारमा ध्यानदिनु उतिकै