प्रदेश नं १ मा १४ औलो रोगी

दमक ।  झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ । 

उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै दमक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा विपीनकुमार पाण्डेले मेचीनगर र झापा गाँउपालिकामा यस वर्ष सात जनामा औलोको संक्रमण भेटिएको उल्लेख गरे । संक्रमितमध्ये दुईजना रोजगारीका लागि भारतबाट आएका थिए । उनका अनुसार झापामा सातसहित मोरङमा तीन, सुनसरीमा दुई र इलाममा दुई संक्रमित छन् । यी जिल्लामध्ये सबैभन्दा धेरै झापामा देखिएको डा पाण्डेले बताए। 

औलोबाट भारतीय सीमावर्ती क्षेत्रका १३ जिल्ला अतिप्रभावित, ३३ जिल्ला प्रभावितको अवस्था रहेको कार्यपत्रममा जनाइएको थियो । नेपालबाट औलो उन्मूलन भइसके पनि पछिल्लो समय फाट्टफुट्ट औलोको संक्रमण भेटिन थालिएपछि स्थानीय तहले समेत त्यसविरुद्ध जनचेतनामूलक कार्यक्रम शुरु गरेको दमक नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए। 

अन्तरक्रियामा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलगायतले औलो सार्ने लामखुट्टेलाई निर्मूल गर्न सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए। नगरपालिकामा भएको अन्तरक्रियामा वडाध्यक्षहरूले औलो रोग नियन्त्रण गर्न सरसफाइ एक मात्र उपाय भएको औँल्याएका थिए । रासस

यस्ता छन् अंगुर खाँदाका फाईदा

एजेन्सी । अहिले अंगुरको सिजन चलिरहेको छ । बोक्रा छोडाउन नपर्ने तथा बियाँ नहुने यो फल सेवन गर्न सहज हुने भएकोले पनि अंगुर धेरैको छनौटमा पर्ने गरेको छ

यसरी मुटुलाई स्वस्थ्य राख्न सकिन्छ

एजेन्सी । मानव शरिरको अत्यन्त्यै महत्वपूर्ण अंग मुटुलाई स्वस्थ राख्न सकेमा हृदयघात र पक्षघात जस्ता अकस्मात् हुन सक्ने शारिरीक दुर्घटनालाई कम गर्न

मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी

काठमाडौँ, ६ वैशाख । मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल

तितो कफीमा मोहित हुनुको कारण यस्तो रहेछ

एजेन्सी । मानिसको जिब्रो गुलियो, स्वादिलो र मिठो मात्र खोज्ने स्वभावका हुन्छन् । तरपनी तितो हुँदाहुँदै मानिसहरु कफी भनेपछि हुरुक्कै गर्छन् । यसरी