नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने

काठमाडौं । नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् । 

नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ । 
पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए० लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, को) अपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ) ले निर्देशन गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

थाइल्याण्डमा भएको उक्त सम्झौताको औपचारिक जानकारी भने मन्त्रालयले छिट्टै सार्वजनिक गर्ने जनाएको छ । थाइल्याण्डको बैङ्ककमा दुई पक्षीय वार्तापछि भएको हवाई सेवा सम्झौता समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाइल्याण्डको नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकामानोपले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एक सातामा दुवै पक्षले २८ उडान गर्नसक्ने र जुनसुकै वायुयान प्रयोग गर्न पाउने भएका छन् । यस्तै थाइ पक्षलाई काठमाडौँबाहेक नयाँ निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान गर्न प्रेरित गर्ने भनिएको छ । 

दुवै पक्षले मालवाहक उडान गर्दा कुनै पनि प्रकारको सङ्ख्याको सीमा नतोक्ने, कन्ट्री कोडको आधारमा दुवै पक्षले तेस्रो मुलुकमा उडानको तालमेल मिलाउन सक्ने पनि समझदारी भएको छ । 

अब नेपालका वायुसेवा कम्पनीहरुले दुई वटा दक्षिण एशियाली, दक्षिण पूर्वी एशियाली र उत्तर पूर्वी एशियाली मुलुकमा मध्यस्थ विन्दुको रुपमा तथा दुई वटा दक्षिण पूर्वी एशियाली, उत्तर पूर्व एशियाली र प्रशान्त क्षेत्रका मुलुकमा गन्तब्यपछिको विन्दुको रुपमा पाँचाँै हवाई ट्राफिक अधिकार उपयोग गर्न पाउनेछन् । 

ग्राउण्डेड ‘अन्नपूर्ण’ उड्यो 

यसैगरी कतारको दोहामा ग्राउण्डेड भएको नेपाल वायु सेवा निगमको वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमानले नियमित सेवा शुरु गरेको छ । 

प्राविधिक कारणले धावनमार्गमा करिब ६ घण्टा ग्राउण्डेड भएको उक्त विमान मर्मतपछि यात्रुलिएर काठमाडौ फर्किएको हो । 
प्राविधिक समस्याका कारण रोकिएको विमान काठमाडौँ फर्किएको निगमका सहप्रवक्ता शैलेश कंसाकारले बताए। रासस

नेवानिको बोइङ फेरि ‘ग्राउन्डेड’

काठमाडौं, ३ माघ । नेपाल वायुसेवा निगम (नेवानि) को बोइङ ७५७ फेरि ग्राउन्डेड भएको छ । सामान्य प्राविधिक समस्या देखिएर मर्मतको लागि मलेसिया लगेको उक्त

श्री एयरलायन्सको अन्तर्राष्ट्रिय उडान भर्ने चाहना, स्वीकृती माग

काठमाडौं, ३ माघ । आन्तरिक उडानमा पछिल्लो समय अब्बल सेवा प्रदान गर्दै आएको श्री एयरलायन्सले अन्तर्राष्ट्रिय उडान भर्ने चाहना व्यक्त गरेको थाहा भएको छ

निजगढ विमानस्थल कतारले बनाउने ?

काठमाडौं, १ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा निर्माण गर्न लागिएको निजगढ विमानस्थल बनाउन कतारले इच्छा देखाएको थाहा भएको छ

 यसरी ठग्दैछन् निजी एयरलायन्सहरु

काठमाडौं । नेपाल आयल निगमले १०४ रुपैंयाँ ५० पैसा प्रतिलिटरमा बेचिरहेको हवाइ इन्धनको भाउन गत बिहिबार १० रुपैंयाँ घटाइ ९४ रुपैंयाँ ५० पैसा प्रतिलिटर