प्रदेश ३ का मन्त्री केशव स्थापित बर्खास्त

काठमाडौं, १६ कात्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई बर्खास्त गरेका छन् ।

संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार मन्त्री स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री पौडेलले नै लिएका छन् । संविधानले दिएको अधिकारअनुसार, स्थापितलाई बर्खास्त गरिएको मुख्यमन्त्रीका स्वकीय सविच अनुप पौडेलले बताए ।

बुधबार मन्त्रिपरिषद्को बैठकमा स्थापितले मुख्यमन्त्री पौडेललाई गाली गरेका थिए । त्यसपछि मुख्मयन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बिहीबार काठमाडौं आएका थिए ।

उनले अस्पतालमै प्रधानमन्त्रीलाई भेटेर जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीले आफूलाई अस्पतालबाट डिस्चार्ज हुन्जेलसम्म धैर्य गर्न सुझाएको खबर आएको थियो ।

तर, मुख्यमन्त्री पौडेलले शुक्रबार काठमाडौंबाट फर्के लगत्तै स्थापितलाई बर्खास्त गरेका हुन् । विवादपछि स्थापित पनि प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका थिए ।

काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्थापितलाई यौन दुर्व्यवहारको आरोप पनि लागेको छ । महानगरकै पूर्वकर्मचारी र एक जना महिला पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।

मंसिर ७ गतेदेखि सवारी चालक अनुमति पत्रको आवेदन खुल्ने

काठमाडौ,२९ कात्तिक ।  दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन आगामी मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था

६९ जना कर्मचारीलाई कामपाको २४ घण्टे स्पष्टिकरण

काठमाडौ,२९ कात्तिक ।  काठमाडौं महानगरपालिकाले समयमा कार्यालय नआउने ६९ जना कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । कार्यालय समयमा अनुपस्थित

संवैधानिक इजलास हप्तामा दुई दिन मात्र बस्ने,२२३ वटा मुद्धा सुनुवाई गर्न बाँकी

काठमाडौ,२९ कात्तिक । सर्वोच्च अदालतमा संवैधानिक इजलास हप्ताको दुई दिन मङ्गलबार र बुधबार मात्र बस्ने तय भएको छ । प्रधानन्यायाधीशसहित सो इजलासका अरू

विद्यार्थीले नै गरे विश्वविद्यालयमा आगजनी

चितवन, २८ कात्तिक । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीले आगजनी गरेका छन् । विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय