प्रदुषणबाट जोगिन दिल्लीमा ४० लाख गाडीको लाइसेन्स रद्द

नयाँ दिल्ली । प्रदुषणबाट जोगिन अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले ठूलो निर्णय लिएको छ । दिल्लीमा दर्ता भएका करिब ४० लाख गाडीको लाइसेन्स रद्द गरेको छ ।

दिल्लीमा वायु प्रदुषणको मात्रा बढेको छ । स्वास फेर्न पनि समस्या हुन थालेको जनाएको छ । भारतीय मिडियाका अनुसार, दिल्ली सरकारले भारतको सर्वोच्च अदालतलाई गाडीको लाइसेन्स रद्द गरेको जानकारी समेत दिएको छ ।

दिल्लीमा दर्ता भएका एक करोड १० लाख मध्ये ४० लाख गाडीको लाइसेन्स रद्द गरिएको हो । जसमा पेट्रोलबाट चल्ने १५ वर्षभन्दा पुराना र डिजेलबाट चल्ने १० वर्षभन्दा पुराना गाडी छन् ।

गत सोमबार भारतीय सर्वोच्च अदालतले पुराना गाडी चल्ने गरेकोमा कारवाही गर्न आदेश दिएको थियो । न्यायाधीशद्वय मदन बी लोकुर र एमएम शान्तागौडारको आदेशअनुसार, भारतको केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले पनि प्रदुषणका विषयमा उजुरी गर्न फेसबुक र ट्वीटरमा समेत एकाउन्ट खोलेको छ । 

दिल्ली सरकारले कारवाही गरेका गाडीको नम्बरमा पनि सार्वजनिक गरिएको छ । जसको पहिलो सूचिमा एकदेखि २० हजार, दोस्रो सूचिमा २० हजार एकदेखि ४० हजार, तेस्रो सूचिमा ४० हजार एकदेखि ६५ हजार र चौथो सूचिमा ६५ हजार एकदेखि माथिका नम्बर भएका गाडी छन् ।

ति गाडीहरुलाई सूचि अनुसार कारवाही शुरु गरिने दिल्ली सरकारले जनाएको छ ।

‘मुड फ्रेश गराउन चाहनुहुन्छ ? खानुहोस् यी खानेकुरा

मानिसको जीवन यसैपनि व्यस्त हुन्छ,त्यसैले जीवनमा उतार चढाव त भई नै रहन्छ । व्यस्त मानिसको मुड फ्रेश बनाउने र सधैं खुशी राख्ने काम सेरेटोनिन हार्मोनले

क्यान्सरलाई पराजित गरे इमरान हाशमीका छोराले

काठमाडौं । बलिउड अभिनेता इमरान हाशमी ठूलो पीडाबाट मुक्त भएका छन् । उनका परिवारका लागि खुशीको दिन आएको छ । उनको छोरा अयान क्यान्सर रोगबाट मुक्त भएका

१० मिनेट मात्रैको योगाले पनि स्मरण शक्ति बढ्ने तथ्य सार्वजनिक

काठमाडौ,१ माघ । पछिल्लो समय गरिएको एक अध्ययनले १० मिनेट मात्रै योगा वा अन्य कसरत गर्दापनि मानिसको स्मरण शक्ति बढ्ने तथ्य सार्वजनिक गरेको छ । जापानको

अबिलम्ब प्रतिवेदन नसच्याए अनसनः डा.केसी

काठमाडौं, २३ पुस । चिकित्सा क्षेत्रको सुधारको लागि आन्दोलनरत डा.गोविन्द केसीले स्वास्थ्य उपसमितिको प्रतिवेदन सच्याउन माग गरेका छन् । उनले सोमबार