यसरी मजदूरबाट मालिक बने राजु

काठमाडौं । २५ वर्ष अघि लोकल कुखुराको मासु बेच्दा राजु श्रेष्ठलाई बिहान–बेलुकाको हातमुख जोर्ने जोहो गर्नु थियो । महाबौद्धमा खोलेको ‘राजु कुखुरा पसल’ टुँडिखेल हुँदै बागबजार पुग्दा राजुको जिन्दगी पनि बदलिएको छ । उनी लोकल कुखुरा बेचेरै मजदूरबाट मालिक बनेका छन् । 
हातमुख जोर्नका लागि २५ वर्ष अघि चियापसलमा माँडा माझ्ने काम गरेका राजु अहिले लखपति बनेका छन् । ‘छोराछोरी अमेरिका र जापानमा पढ्छन् । कोटेश्वरमा घर बनाएको छु । ६ जनाको परिवार चलेकै छ । सबै यसकै आम्दानीले हो,’ राजु भन्छन् ।


उनको जीवन संघर्षले भरिएको छ । रामेछापको रामपुरका उनी सानैछँदा घरबाट निस्किए । काठमाडौं पुगेपछि उनले होटलमा काम गरे । चियापसलमा भाँडा माँझेका थिए । त्यसमा पनि सन्तुष्टि नभएपछि उनी पंक्षीको व्यवसायमा लागे । र २५ वर्ष अघि महाबौद्धमा लोकल कुखुराको मासु बिक्री गर्न थाले । ‘त्यतिबेला ब्रोइलर कुखुराको चलन थिएन, त्यसैले लोकल कुखुरा नै बेचेँ,’ राजु सम्झिन्छन् ।


महाबौद्धबाट टुँडिखेलमा बिक्री गर्न थाले । त्यहाँ पनि राम्रोसँग नचलेपछि बागबजारमा सारे । बागबजार भने उनलाई फाप्यो । ‘पहिले बरला वा सालको पातमा जे छ त्यही बेचिन्थ्यो । अहिले त फरक भएको छ । ग्राहकको इच्छा अनुसार, जस्तो मासु भन्यो त्यस्तै पाइन्छ,’ उनी भन्छन् । 
बागबजारमा त छ नै उनले कोटेश्वरमा पनि विस्तार गरेका छन, राजु कुखुरा पसललाई । त्यहाँ उनकी पत्नी दुर्गा बस्छिन् । बागबजारमा पाँच र कोटेश्वरमा दुई जनालाई रोजगारी पनि दिएका छन् राजुले । व्यवसाय पनि बढ्दै गएको छ । लोकल कुखुरासँगै हाँस पनि थपेका छन् । उनी भन्छन, ‘अहिले दैनिक दुई सय ५० पिससम्म बिक्री हुन्छन् ।’

लोकल कुखुराको व्यापारले नै उनको दैनिकी बदलिएको छ ।  राजु दम्पत्ती पसलमा व्यस्त हुन्छन् । उनले आफूले राम्ररी पढ्न नपाएको धोको छोराछोरी पढाएर मेटिरहेको छन् । चार छोराछोरीमध्ये सरिता अमेरिकामा पढ्छिन् भने लक्ष्मण र प्रकाश जापान पुगेका छन्, पढाइकै लागि । अर्का छोरा रुपक भने जागिरे भइसकेका छन्, बैंकमा । डेरा समेत पाउन मुस्किल भएका राजुसँग अहिले कोटेश्वरमा घर । उनी भन्छन्, ‘मेहेनत गरेपछि हुँदोरहेछ । गलत मात्रै गर्नु हुन्न ।’

उनी अहिले जिउँदो लोकल कुखुरा र हाँस पनि बिक्री गर्छन् । राजहाँस, चाइनिज हाँस, बेइजिङ हाँस उनको पसलमा पाइन्छन् । त्यस्तै, कर्णाली र तराईबाट लोकल कुखुरा आयात गर्छन् । 

राजु कुखुरा पसलबाट दैनिक डेढ लाखसम्म आम्दानी हुन्छ । यसमा उनी सन्तुष्ट छैनन् । अझै पसल विस्तारको योजना बनाएका छन् राजुले । ‘पाँच÷छ ठाउँमा कर तिर्नुपर्छ, एउटै ठाउँमा कर तिर्ने व्यवस्था गरिदिए सजिलो हुन्थ्यो,’ उनी भन्छन् । 

उनलाई लाग्छ, मासु पसल पनि ठाउँठाउँमा हुनु राम्रो होइन । एउटा निश्चित ठाउँमा मासु पसल राख्ने व्यवस्था गरिए उपभोक्तालाई पनि सजिलो हुन्छ, व्यवसायीले पनि खराब मासु बेच्न पनि पाउँदैनन् । ‘उपभोक्ताले एउटै ठाउँबाट खरिद गर्न सक्छन्, सरकारलाई अनुगमन गर्न पनि सजिलो हुन्छ,’ उनको सुझाव छ । 

एउटै स्थानमा मासु पसल हुँदा घाटा होला भन्ने उनलाई चिन्ता छैन । किनकी उनी स्वस्थ र सफा मासु बिक्री गर्छन् । राजु भन्छन्, ‘लोकल कुखुराको स्वाद नै अर्कै हुन्छ, जुन अरु मासुमा पाइदैन ।’ त्यही लोकल कुखुराको स्वादले राजुलाई मजदुरबाट मालिक बनाएको छ । 
 

डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय

 चीनको अर्थतन्त्र २८ वर्ष यताकै न्यून

बेइजिङ । चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।

 एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्दै 

  पेरिस । बिमान खरिदबिक्री गर्ने एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए३२०नियो सिरिजका ६५ वटा बिमान खरिद गर्न लागेको एयरबस

स्थानीय तहमा बैक नहुँदा कामकाज प्रभावित

डोटी,७ माघ । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य