आफैंलाई सोध्नुहोस् यी ५ प्रश्नहरू

तपाईं जीवनको सफलता चाहनुहुन्छ ? आफैलाई सुधार्न चाहनुहुन्छ ? सुत्नुअघि स्वयंलाई सोध्नुहोस यी प्रश्नहरू-

१. के भो राम्रो आज मलाइ ?

तपाईंलाई आज गर्विलो, खुशी वा धन्य के कुराले बनायो ? काम फत्ते भएको वा आनन्दित भएको क्षण याद गर्नुहोस् । त्यो क्षणलाई सराहना गर्दै त्यस्तो अवसर पुनः प्राप्त भइरहोस् भनी प्रयत्न गर्नुहोस् ।

२. अरू राम्रो के गर्न सक्थें आज म ?

आजको अनुभवले के पाठ सिकियो ? आज के गल्ती भयो र त्यसलाई भोली कसरी सुधार्न सकिन्छ ? त्यस्तो गल्तीको बेला के गरेको भए वा के बोलेको भए राम्रो हुन्थ्यो ? सुधारका निम्ति गहनसाथ सोच्नुहोस् ।

३. भोली गर्नुपर्ने महत्वपूर्ण काम के हो ?

‘महत्वपूर्ण एउटा काम’ के हो भोली फत्ते गर्नुपर्ने ? त्यस्तो महत्वपूर्ण काम कसरी सम्पन्न गर्ने ? आफ्नो उद्देश्यमा केन्द्रीत हुनुहोस् ।

४. भोली के नयाँ कुरा गर्न सकिन्छ ? 

जीवन खोजको यात्रा हो । नयाँ कुरा कोशीश गर्न र नयाँ दृष्टिकोण अँगाल्न हच्कनु हुँदैन ।

५. मेरो जीवनमा सबैभन्दा महत्वपूर्ण ब्यक्ती (वा मान्छे) को हो ? र तिनको निम्ति म के गर्दैछु ?

आफूले माया गर्ने, आदर गर्नेलाई सधैं याद गर्नुहोस् । जस्तो की, जीवनसाथी, बच्चा, अभिभावक र मायालु मान्छेहरू । तिनलाई खुशी राख्न र अचम्मीत पार्न के गर्न सकिएला, मनन गर्नुहोस् । ब्यस्ततामा हामीले आफ्ना प्यारा मान्छेहरूलाई बेवास्ता गरेको हुन सक्छौं ।

हो, सामान्य जस्ता तर घतलाग्दा छन्, यी प्रश्नहरू । जुन तपाइको जीवन सुधार्न अत्यन्त सटीक छन् । आज सुत्नुअघि आफैलाई सोध्नुहोस् यी पाँच प्रश्नहरू ।

(पल स्लोअनप्रति आभारसहित-http://www.panchampost.com)

विद्यार्थीले नै गरे विश्वविद्यालयमा आगजनी

चितवन, २८ कात्तिक । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीले आगजनी गरेका छन् । विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय

समृद्धिका लागि व्यावसायिक शिक्षा अपरिहार्यः मन्त्री पोखरेल

बर्दिवास,२५ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य

जापान जान अनलाइनबाटै भाषा परीक्षा दिन पाइने

काठमाडौँ, १५ कात्तिक । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार

भारत र चीनले बनाएन भूकम्पमा भत्किएका विद्यालय

काठमाडौं, ७ कात्तिक । भूकम्पले भत्काएका मध्ये भारतले ७० र चीनले सात विद्यालय बनाउने जिम्मा लिएका थिए । तर, भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि दुवै