बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण हुने

गोरखा, १३ कात्तिक । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माण हुने भएको छ ।

आयोजनाका मुआब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया शुरु गरिएको बताए ।

आयोजनाको वरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ । आउँदो पुसदेखि सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने कार्कीले बताए । “डिपिआर तयार भइसकेको छ, केही प्रक्रिया मिलाउन बाँकी रहेकाले ढिलाइ भएको हो, आउँदो पुसदेखि ठेक्का प्रक्रिया शुरु हुन्छ”, उनले भने ।

प्रमुख कार्कीले गोरखातर्फ घ्याल्चोकको सिउरेनीटारबाट बोर्लाङको महादेवटारसम्मको १०० किलोमिटर सडकको डिपिआर बनाइएको जानकारी दिए । त्यस्तै धादिङतर्फ पनि चालु आवमा १०० किलोमिटर सडकको ट्र्याक खोल्ने तयारी रहेको जनाएको छ ।

अब गोरखातर्फ ६० र धादिङतर्फ २५ किमी सडकको डिपिआर बनाउन बाँकी छ । सडक निर्माणका लागि यो आर्थिक वर्ष सरकारले १२ करोड छुट्याएको छ । दुवै जिल्लामा ६/६ करोड खर्चेर ट्र्याक निर्माण अघि बढाउन लागिएको हो ।

बूढीगण्डकी आयोजनाको जलाशय करीब ५४ किमी फराकिलो हुनेछ । आयोजनाले चक्रपथ वरपर ३०० किलोमटिर रिङरोड बनाउने गरी डिपिआर तयार पारेको छ ।

कर्णाली सडकको स्तरोन्नति गर्दै सेना

जाजरकोट, २४ पुस । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण

 हुलाकी राजमार्ग निर्माणको ढिलासुस्ती हटाउँदै निर्माणको गति बढाउन माग

काठमाडौं, १८ पुस । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको निर्माण कार्य रोक्ने षड्यन्त्र भैरहेको भन्दै स्थानीय तहका प्रमुखले विरोध गरेका छन्

मेलम्चीको काम ९३ प्रतिशत पूराः मन्त्री मगर

काठमाडौँ, १२ पुस । मेलम्भी खानेपानीको आयोजनाको काम अन्तिम चरणमा पुगेको खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बताएकी छन् । बिहीबार प्रतिनिधिसभा,

प्रधानमन्त्रीद्वारा दोस्रो पटक धरहराको शिलान्यास

काठमाडौं, १२ पुस । भूकम्पमा भत्किएको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले नै दोस्रो पटक शिलान्यास गरेका छन् । साढे तीन वर्ष अघि