कपिल शर्मा बिहे गर्दै

मुम्बई । दीपिका पादुकोण, रणवीर कपुर, प्रियंका चोपडापछि कपिल शर्माको पनि यसै वर्ष बिहेको तयारी शुरु भएको छ ।

प्रेमिका गिन्नी चत्रथसँग कमेडियन कपिलको बिहे हुन लागेको हो । १२ डिसेम्बरमा जालन्धरमा बिहे गर्ने कपिलले बताएका छन् । १४ डिसेम्बरमा रिसेप्सन राखिएको छ ।

कपिलले भनेका छन, ‘गिन्नी र मैले सामान्य रुपमा बिहे गर्न खोजेका थियौं । तर, गिन्नी परिवारकी एक्ली छोरी भएकाले उनीहरुले मानेनन् । त्यसैले राम्रैसँग बिहे गर्न लागेका छौं ।’

कपिल र गिन्नी लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीसँग बिहे गर्न पाउँदा खुशी भएको कपिलले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन, ‘म भन्दा पनि मेरो आमा खुशी छन् ।’

बुहारीको मुख हेराइमा ३ अर्बको उपहार ?

एजेन्सी । भारतमा सेलिब्रेटीहरुको विवाह र यसमा हुने खर्चले राम्रै चर्चा पाउने गरेको छ । धनी भारतीयहरुको खर्च गर्ने तरिकाले मिडियामा राम्रै स्थान

एउटा फिल्मको २४ करोड लिंदै कंगना बनिन् महँगी नायिका

एजेन्सी । बलिउडमा फिल्मको कारणमात्र नभइ आफ्नो बोलीको कारण पनि चर्चा रहने नायिका कंगना रनौटको चर्चा फेरी चल्न थालेको छ । यसपटक विगतका जस्ता कारण नभइ

‘मर्दानी २’ मा देखिँदै रानी मुखर्जी

एजेन्सी । बलिउडमा कुनै बेला सर्वाधिक सुन्दरी नायिका रहिसकेकी रानी मुखर्जी ४१ वर्षको उमेरमा पनि व्यस्त हुन थालेकी छिन् । सन् २०१४ मा बनेको उनको सफल

आलीया भट्ट उत्कृष्ट अभिनेत्री, रणबीर बने उत्कृष्ट नायक

एजेन्सी । ६४ औं फिल्मफेयर अवार्डमा ‘लभ बर्ड’ आलीया भट्ट र रणबीर कपूरले उत्कृष्ट नायिका र नायकको अवार्ड जितेका छन् । गएराती सम्पन्न भएको