अब घर-घरमा विद्युतीय चुलो: प्रधानमन्त्री

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केशी शर्मा ओलीले अब घरमा घरमा विद्युतीय चुलो बनाइने बताएका छन् ।

मंगलबार साझा यातायातको ‘बिजुली बस’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले घरघरमा ग्यासको सट्टा विद्युतीय चुलो पु¥याइने बताएका हुन् ।

उनले यस अघि घर घरमा पाइपबाट ग्यास पु¥याउने योजना सुनाएका थिए । सिलिन्डर बोक्न नपर्ने उनको कथन थियो । तर, मंगलबार भने प्रधानमन्त्री उही पारामा आफ्नो भनाइ राखे । ‘त्यतिबेला घरघरमा ग्यास पाइपभन्दा धेरै चर्चित भयो । त्यो शुरु भइसकेको पनि छ, अब हाम्रो योजना विद्युतीय चुलो हो,’ प्रधानमन्त्री ओलीले भने, ‘अब ग्यासको पाइप होइन, बिद्युतको तार लग्नु पर्छ ।’

उनले विद्युतीय बसको शुरुवात अहिलेका लागि सानो प्रयास मात्रै भएको बताए । सार्वजनिक यातायातको स्तरवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

बिजुली बसको प्रयोगबाट सार्वजनिक यातायातलाई सुरक्षित र गुणस्तरीय बनाउँदै लगिने बताए । ‘विद्युतीय बस विस्तार गर्दै जानका लागि निजी क्षेत्रको यसमा सहभागिता खाँचो छ, अरु निकायसँग सहकार्य बढाएर विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीले पनि विद्युतीय सवारी साधानको प्रयोगमा जोड दिए । लुम्बिनी क्षेत्रमा संचालन गर्नका लागि ल्याएका बस भएकाले मन्त्री अधिकारी पनि उद्घाटनमा सहभागि थिए । अहिले भने यि बस काठमाडौमा संचालन गरिने छन् ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा साझाले बस ल्याएको हो । बसको मूल्य दुई करोड रहेको छ ।

मंसिर ७ गतेदेखि सवारी चालक अनुमति पत्रको आवेदन खुल्ने

काठमाडौ,२९ कात्तिक ।  दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन आगामी मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था

६९ जना कर्मचारीलाई कामपाको २४ घण्टे स्पष्टिकरण

काठमाडौ,२९ कात्तिक ।  काठमाडौं महानगरपालिकाले समयमा कार्यालय नआउने ६९ जना कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । कार्यालय समयमा अनुपस्थित

संवैधानिक इजलास हप्तामा दुई दिन मात्र बस्ने,२२३ वटा मुद्धा सुनुवाई गर्न बाँकी

काठमाडौ,२९ कात्तिक । सर्वोच्च अदालतमा संवैधानिक इजलास हप्ताको दुई दिन मङ्गलबार र बुधबार मात्र बस्ने तय भएको छ । प्रधानन्यायाधीशसहित सो इजलासका अरू

विद्यार्थीले नै गरे विश्वविद्यालयमा आगजनी

चितवन, २८ कात्तिक । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीले आगजनी गरेका छन् । विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय