अबको ३ महिनामा ५ लाख स्मार्ट कार्ड बाँडिने

काठमाडौं, ६ कात्तिक । स्मार्ड कार्डको छपाइमा भएको सुस्तताले चुलिएको अभाव निजी कम्पनीको सहायताले पूर्ती गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ ।

अत्याधिक माग भएको स्मार्ड कार्ड लाइसेन्स (सवारीचालक अनुमतिपत्र) सरकारी स्तरबाट माग अनुरुप वितरण नभइ लाइसेन्सको मागनै ५ लाख नाघेपछि विभागले निजी कम्पनीको सहायता लिएको बताइएको छ ।

विभागले यसअघि परम्परागत लाइसेन्सलाई विस्थापीत गर्दै स्मार्ट लाइसेन्स प्रविधिमा जान मद्राससेक्युरिटी प्रिन्टिङ प्रेसको प्राविधिक सहयोगमा कार्डको छपाइ सम्बन्धी काम गरेको थियो । तथापी करार बमोजिम मेशिनहरुले काम नगर्दा विभागमा लाइसेन्सको मागको फारामहरुको चुली लागेपनि सेवाग्रहीलाई कुराउनुको विकल्प रहेको थिएन ।

दैनिक ५ हजार लाइसेन्स छपाइ गर्ने क्षमता भएपनि मुश्किलले दैनिक १ हजार लाइसेन्स पनि छपाइ गर्न नसकेपछि विभागले अघिल्लो वर्षको आवेदन अनुरुप लाइसेन्स नै सेवाग्रहीलाई दिन सकेको छैन ।

मन्त्री परिषद्को निर्णय भइसकेकोले मंगलबार देखि निजी कम्पनी मालिका इन्कर्पोरेटेडले स्मार्ट कार्डको छपाइ सुरु गर्र्दैछ । उक्त कम्पनीले सन् २०१८ को सुरुवात देखि हालसम्म परेका लाइसेन्स पाउन योग्य सेवाग्राहीको कार्ड छाप्नेछ ।

मालिकाले दिनको २० हजार लाइसेन्स छाप्ने दाबी गरेको छ । करार अनुरुप मालिकाले विभागलाई ४५ दिनमा ५ लाख लाइसेन्स छापेर दिनुपर्नेछ र विभागले उक्त लाइसेन्स सोही मिति देखि वितरण सुरु गरि अबको ३ महिनामा हालसम्मको निवेदन बमोजिम लाइसेन्स वितरण गर्ने लक्ष्य लिएको बताएको छ ।

अघिल्लो वर्षको २ महिनाको लाइसेन्स भने विभाग आफैंले गर्ने जनाएको छ ।

 

हुस्सुले उडान अवरुद्ध

राँझा,२९ कात्तिक । बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन । हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख

मंसिर ७ गतेदेखि सवारी चालक अनुमति पत्रको आवेदन खुल्ने

काठमाडौ,२९ कात्तिक ।  दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन आगामी मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था

६९ जना कर्मचारीलाई कामपाको २४ घण्टे स्पष्टिकरण

काठमाडौ,२९ कात्तिक ।  काठमाडौं महानगरपालिकाले समयमा कार्यालय नआउने ६९ जना कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । कार्यालय समयमा अनुपस्थित

संवैधानिक इजलास हप्तामा दुई दिन मात्र बस्ने,२२३ वटा मुद्धा सुनुवाई गर्न बाँकी

काठमाडौ,२९ कात्तिक । सर्वोच्च अदालतमा संवैधानिक इजलास हप्ताको दुई दिन मङ्गलबार र बुधबार मात्र बस्ने तय भएको छ । प्रधानन्यायाधीशसहित सो इजलासका अरू