खशोग्गीप्रति साउदी राजपरिवारको समवेदना

रियाद, ६ कात्तिक । रहस्यम तरिकाले हत्या गरिएका साउदी पत्रकारका परिवारजनप्रति साउदी राजपरिवारले समवेदना व्यक्त गरेको छ ।

साउदी राजा सल्मान बिन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद बिन सल्मान बिन अब्दुलाजिजले पत्रकार जमाल खशोग्गीका परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।

मारिएका साउदी पत्रकार जमाल खशोग्गीका छोरालाई राज परिवारले समवेदना व्यक्त गरेको जनाइएको छ।

साउदीको राज्यद्वारा संचालित समाचार संस्था साउदी प्रेस एजेन्सीले आइतबार संप्रेषण गरेको समाचारमा स्वर्गीय पत्रकारका छोरा सलेह खशोग्गीले शाही परिवारप्रति धन्यवाद पनि व्यक्त गरेको उल्लेख छ ।

द वासिङटनपोष्टका स्तंभकार समेत रहेका साउदी पत्रकार खशोग्गी टर्कीको स्तानबुलमा रहेको साउदी बाणिज्य दूतावासबाट यही अक्टोबर २ तारिखदेखि बेपत्ता भएका थिए ।
राज्यले उनको अघिल्लो शनिबार नै भिडन्तका क्रममा हत्या भएको दावी गरेको थियो । तर हत्याका बारेमा थप विवरण भने दिइएको छैन । रासस/सिन्ह्वा
 

भारतमा भएको डुङ्गा दुर्घटनामा १६ को मृत्यु

नयाँ दिल्ली । भारतको कर्नाटकमा सोमबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परेको डुङ्गामा २४ जना यात्रु रहेकोमा

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या बढ्दै, हालसम्म ८५ पुगेको जानकारी

मेक्सिको सिटी, ७ माघ । मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ । घाइते भएर

फ्रान्सको रोचक प्रस्ताव जापानलाई, रेनल्ट र निशानलाई एउटै बनाउने

पेरिस, फ्रान्स, ७ माघ । फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने (मर्जर) प्रस्ताव अघि सारेको जापानी

मालीमा शान्ति सेनामाथी आतंकवादी हमला, १० शान्ति सैनिकको मृत्यु

काठमाडौ,७ माघ । अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथि आतंकवादी समुहले आक्मण गर्दा १० जना शान्ति सैनिकको मृत्यु भएको छ । मालीको