भारतमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु

काठमाडौं, ६ कात्तिक । भारतको आजमगढ–गोरखपुर सडक खण्डमा भएको दुर्घटनामा परि ४ नेपालीले ज्यान गुमाएका छन् । सोमबार उक्त सडक खण्डमा ट्रकसँग जुध्दा कारमा सवार नेपाली ४ नेपालीको मृत्यु भएको तथा अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

यसरी मृत्यु हुनेमा सिन्धुली घर भएका हाल चाबहिल बस्ने नविन श्रेष्ठ, अन्जली श्रेष्ठ, गोरख श्रेष्ठ र उपेन्द्र मान श्रेष्ठ रहेका छन् । त्यस्तै घाइतेहरुमा शकुन्तला देवी श्रेष्ठ, रमादेवी श्रेष्ठ र गाडी चालक गोरखपुर घर भएका विजय राय रहेका छन्  । यी ३ घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको दिल्ली स्थित नेपाली दुतावासले जनाएको छ ।  

श्रेष्ठ परिवार तिर्थयात्राको लागि गोरखपुरबाट वाराणसी तर्फ जाँदै गर्दा उक्त दुर्घटना भएको थियो । श्रेष्ठ परिवार आइतबार राती सुनौलीको बाटो हुँदै गोरखपुर पुगी भाडाको निजी कार लिइ वाराणसी तर्फ लागेका थिए ।

भारतस्थित नेपाली दुतावासको अधिकारीले उक्त कारलाई ट्रकले ठक्कर दिएको र दुर्घटना पछि ट्रक भागेको जानकारी दिएका छन् भने केहि भारतीय अनलाइनले उक्त कार रोकिराखेको ट्रकमा ठोकिएर दुर्घटना भएको दाबी गरेका छन् ।

नेपाली दुतावासले स्थानीय निकायहरुसँग समन्वय गरी घाइतेको उपचार र मृतकको शव नेपाल पठाउने तयारी गरेको जनाएको छ ।

 

हुस्सुले उडान अवरुद्ध

राँझा,२९ कात्तिक । बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन । हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख

मंसिर ७ गतेदेखि सवारी चालक अनुमति पत्रको आवेदन खुल्ने

काठमाडौ,२९ कात्तिक ।  दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन आगामी मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था

६९ जना कर्मचारीलाई कामपाको २४ घण्टे स्पष्टिकरण

काठमाडौ,२९ कात्तिक ।  काठमाडौं महानगरपालिकाले समयमा कार्यालय नआउने ६९ जना कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । कार्यालय समयमा अनुपस्थित

संवैधानिक इजलास हप्तामा दुई दिन मात्र बस्ने,२२३ वटा मुद्धा सुनुवाई गर्न बाँकी

काठमाडौ,२९ कात्तिक । सर्वोच्च अदालतमा संवैधानिक इजलास हप्ताको दुई दिन मङ्गलबार र बुधबार मात्र बस्ने तय भएको छ । प्रधानन्यायाधीशसहित सो इजलासका अरू