साझाका बिजुली बस संचालन

काठमाडौं, ६ कात्तिक । साझा यातायातले काठमाडौंमा ‘बिजुली बस’ संचालन गरेको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुली बसको सुभारम्भ गरेका छन् ।

साझाले बिद्युतबाट चल्ने बसलाई ‘बिजुली बस’ नाम दिएको छ । ति बसको मंगलबार प्रधानमन्त्री ओलीले सुभारम्भ गरेका हुन् ।

साँझाका बिजुली बस काठमाडौंमा चल्ने छन् । प्रदुषण नियन्त्रण गर्न बिजुली बस संचालन गरिएको साझाले जनाएको छ ।

पहिलो चरणमा पाँच वटा बस चल्ने छन् । यी बस चिनियाँ कम्पनीले निर्माण गरेका हुन् । यसका लागि एसियाली विकास बैंकले सहयोग गरेको थियो ।

साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेका अनुसार, बिजुली बस चालकसहित २० सिटका छन् ।

उभिएर यात्रा गर्ने यात्रुका लागि ह्यांगर पनि छन् । यसमा सीसी क्यामरा पनि जडान गरिएको छ ।

हुस्सुले उडान अवरुद्ध

राँझा,२९ कात्तिक । बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन । हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख

मंसिर ७ गतेदेखि सवारी चालक अनुमति पत्रको आवेदन खुल्ने

काठमाडौ,२९ कात्तिक ।  दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन आगामी मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था

६९ जना कर्मचारीलाई कामपाको २४ घण्टे स्पष्टिकरण

काठमाडौ,२९ कात्तिक ।  काठमाडौं महानगरपालिकाले समयमा कार्यालय नआउने ६९ जना कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । कार्यालय समयमा अनुपस्थित

संवैधानिक इजलास हप्तामा दुई दिन मात्र बस्ने,२२३ वटा मुद्धा सुनुवाई गर्न बाँकी

काठमाडौ,२९ कात्तिक । सर्वोच्च अदालतमा संवैधानिक इजलास हप्ताको दुई दिन मङ्गलबार र बुधबार मात्र बस्ने तय भएको छ । प्रधानन्यायाधीशसहित सो इजलासका अरू