क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

जाग्रेब, ६ कात्तिक । क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ ।

युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको समाचारमा जनाइएको छ ।

पूर्व प्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

अदालतले उनलाई साढे दुई बर्ष जेल सजाय र पाँच लाख युरो जरिवाना समेत तिराउनु पर्ने फैसला सुनाएको हो । तर पूर्व प्रधानमन्त्री सानाडरले भने जेल सजाय अस्विकार गरेका छन् ।

उनले सोही आरोपमा यस अघि नै जेल सजाँय भुक्तान गरेको दावी गर्दै फैसलाको पुनरावलोकनका लागि निवेदन दिने बताएका छन् । रासस

राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर गर्ने पोर्नस्टारका वकिल घरेलु हिंसाको आरोपमा पक्राउ

न्यूयोर्क,२९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्धा दायर गर्ने वकिल घरेलु हिंसाको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वकिल

युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको अन्तिम निर्णय

लण्डन,२९ कात्तिक । संयुक्त अधिराज्य बेलायत युरोपीय संघबाट बाहिरिने भएको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीय संघबाट अलग हुने अन्तिम निर्णय

\'मि टू\'ले सबैभन्दा ठूलो अनलाईन कम्पनीका अध्यक्षको राजीनामा

काठमाडौं । भारतको सबैभन्दा ठूलो अनलाईन व्यापार कम्पनी फ्लिपकार्टका सीईओ एवं अध्यक्ष बिन्नी बंसलले यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका

राष्ट्रपति ट्रम्प प्रशासनविरुद्ध मुद्दा दर्ता

काठमाडौ,२८ कात्तिक । केबल न्यूज नेटवर्क (सिएनएन) ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपति कार्यालयले आफ्ना