कृष्णनगरको कर्फयु १२ बजेसम्मका लागि हटाइयो

कपिलवस्तु, ६ कात्तिक । कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यु हटाएको छ ।

आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको थियो ।

कर्फ्यु हटेपछि कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो । हिजो कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।

प्रशासनले कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यु लगाउने निर्णय गरेको थियो । रासस

 

 तिब्बती शरणार्थीका  ६५ जोखिममा

ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ ।  बस्ती तल रहेको कालीगण्डकी किनार

नेपालमा हिन्दी सम्मेलन हुने

जनकपुरधाम, १२ चैत । यही चैत २० र २१ गते जनकपुरधाममा १८ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने भएको छ । नेपाल राष्ट्रिय हिन्दी सम्मेलनद्वारा आयोजना हुने

१० किलोमिटर हुलाकी सडकमा कालोपत्रे

लहान, १२ चैत । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टि सडकखण्डको १० किलोमिटर कालोपत्रे सकिएको छ । भारतीय सीमाक्षेत्रसँग

सिटौला अस्पतालबाट घर फर्के

 काठमाडौँ, १२ चैत । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।  काठमाडौँको ह्याम्स अस्पतालमा