नेकपामा सुनुवाई भएन माधव नेपालको असन्तुष्टि

काठमाडौँ, ६ कात्तिक , नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र नेता माधव कुमार नेपालले लिखित रुपमा दर्ता गराएको असन्तुष्टिको सुनुवाई हुन सकेन । पार्टीको सोमबार बसेको सचिवालय बैठकमा नेता नेपालले उठान गरेका विषयमा छलफल भएपनि उनले असन्तुष्टि जनाउँदै आएको प्रदेश पदाधिकारीको नियुक्तिको विषय र यस अघि भएका अन्य निर्णयहरु भने यथावत रहने भएका छन् ।

सोमबारको बैठक नेता नेपालको असन्तुष्टिमै केन्द्रीत भएको थियो । तर नेता नेपालले महत्वपूर्ण निर्णय स्थायी समितिबाट मात्र गर्नुपर्ने भन्दै आएपनि बैठकले आगामी दिनमा विधी र प्रक्रियालाई पछ्याउँने भन्दै विगतमा भएका निर्णयलाई यथावत राख्ने निर्णय गरेको हो । नेता नेपालले दुई पार्टीको एकीकरणका क्रममा आफ्नो पक्षलाई संस्थापन पक्षले पेलेर अघि बढेको, विधि र विद्यान विपरित पार्टीका निर्णय गरेको लगायतका असन्तुष्टि राख्दै आएका थिए ।  सोमबार बसेको बैठकले  पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय पनि गरेको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भने,  “सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।” प्रा डा गोविन्द केसी अनशन प्रकरण विषयमा पार्टी अध्यक्षसँग विवाद भएको जनाउँदै प्रवक्ता श्रेष्ठले राजीनामा दिएका थिए । 

बाँकी कार्यसूचीमाथि छलफल गर्न नेकपाले बुधबार पुनः सचिवालय बैठक डाकेको छ । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको एकीकरण तथा जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद्, सरकार सञ्चालनलगायत विषयमा निश्चित भएको कार्यसूचीबारे छलफल हुने जनाइएको छ । 

 श्रीलंकाको घरेलु राजनीतिमा भारत र चीनको स्वार्थको लडाईं

काठमाडौं । नेपालको संसदमा उठाउन नमिल्ने कुर्सी व्यवस्था गर्न लागिएको छ । नेपालको आफ्नै अनुभव हेर्दा पनि संसद वैठकभित्र सुरक्षा कडा बनाउनुपर्ने

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै

काठमाडौं, ३० कात्तिक । संघ र प्रदेशसँग बाँझिएपछि स्थानीय सरकार संचालनसम्बन्धी बनेको ऐन संशोधनन गरिने भएको छ । ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन

भारत र चीनको गिद्देदृष्टिले श्रीलंकामा गडबडी

काठमाडौं । नेपालको संसदमा उठाउन नमिल्ने कुर्सी व्यवस्था गर्न लागिएको छ । नेपालको आफ्नै अनुभव हेर्दा पनि संसद वैठकभित्र सुरक्षा कडा बनाउनुपर्ने

राज्य विद्रोहको मुद्दामा सिके राउतको पेशी आज

काठमाडौं, २९ कात्तिक । राज्य विद्रोहकोे मुद्दा लगाइएका तराईमा आन्दोलनरत सिके राउनको आज सर्वोच्च अदालतमा पेशी रहेको छ । राउतको मुद्दामा सुनुवाइका