जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना

प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित कारागारबाटै बनाएका थिए ।

जुन वेला उनी हातहतियार तथा खरखजाना मुद्दामा कैदसजाय भुक्तान गर्दै थिए । ११ महिनाको कैद सजाय भुक्तानपछि सीमाक्षेत्रमै रहेर उनले लागुऔषधको कारोबार गर्न थाले । 

यही क्रममा भेट भएका नयाँ बानेश्वरस्थित रत्नराज्यलक्ष्मी माविमा कक्षा १२ मा अध्ययनरत गोरखा लखन-८ का नारायण श्रेष्ठले उनको नक्कली नोट छाप्ने योजना साकार गरिदिएका थिए । 

इन्द्रबहादुरले वीरगन्जबाट ४० हजार रुपैयाँमा नोट छाप्ने मेसिन खरिद गरी काठमाडौं ल्याएका थिए ।  नयाँ पत्रिकाबाट ।

१२८ वर्षपछि वीरको इमर्जेन्सीमा नर्सिङसेवा, ६६५ नर्स आवश्यक

काठमाडौ,७ माघ । स्थापनाको एक सय २८ वर्षपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले इमर्जेन्सीमा नर्सिङसेवा सुरु गरेको छ ।

कर्मचारी समायोजन फागुन ३ भित्र

काठमाडौ,७ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै कर्मचारी समायोजन सक्ने गरी गृहकार्य थालेको छ । समायोजन फाराम भरेका

नेकपाभित्र पार्टी समायोजनको सकस

काठमाडौ,७ माघ ।  नेपाल कम्युनिस्ट पार्टीमा एमाले र माओवादीबीचको एकता अझै सकसको चरणबाट गुज्रेको छ । प्रदेश कार्यसमितिमा पुगेर रोकिएको एकता

प्रहरी बढुवाकालागि तिव्र चलखेल, प्रधान कार्यालय धाउने भन्दा नेताका ढोका कुर्ने बढे

काठमाडौ,७ माघ । लामो समयदेखि बढुवाकोलागि ऐन बाधक भएपछि मन्त्रिपरिषदको हालैको बैठकले ऐन संसोधन गरेपछि बढुवाकालागि अहिले दौडधुप चर्को रुपमा बढेको छ ।