सन्दीप बने बिबिएलमा छानिने पहिलो एसोसियट्स क्रिकेटर, बंगलादेशी लिगको पुरा सिजन खेल्ने


काठमाडौं, ५ कार्तिक । नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेको व्यावासायिक क्रिकेट यात्राको निरन्तरता अब अष्ट्रेलीया र बंगलादेशमा पनि जारी हुने भएको छ ।

अष्ट्रेलीयाका घरेलु प्रतियोगिता  बिग बाश लिग (बिबिएल) मा मेलबर्न स्टार्स र बंगलादेशको घरेलु प्रतियाेगिता बंगलादेश प्रिमियर लिग (बिपिएल) मा सिल्हेट सिक्सरबाट सन्दीपले खेल्ने पक्का भएको हो ।

सन्दीपले आगामी १० डिसेम्बर देखि बिग बाश लिगको लागि अष्ट्रेलीया लाग्नेछन् । डिसेम्बर १९ देखि फेब्रुअरी १७ सम्म संचालन हुने उक्त लिगमा सन्दीपले सुरुदेखि सहभागिता जनाउनेछन् । यो सँगै सन्दीप एसोसियट्स देशबाट अष्ट्रेलीयाको घरेलु क्रिकेट खेल्ने पहिलो खेलाडि बनेका छन् ।  रसिद खानले पनि बिबिएल खेलेपनि अफगानिस्तानले टेष्ट मान्यता पाएपछि मात्र उनि बिबिएलमा आबद्ध भएका थिए ।

तथापी बिबिएलको बिचमै अर्थात् सन् २०१९ को जनवरी ५ देखि सुरु हुने बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउन बंगलादेश जाने तय भएको छ । सन्दीपले बंगलादेशको प्रतियोगिताको पुरा सिजन खेलेपछि पुनः अष्ट्रेलीया फर्किने तालिका रहेको छ ।

यसरी सन्दीपले बिबिएलको बिचमै बंगलादेश प्रिमियर लिगको पुरा सिजन खेल्नुमा उक्त लिगबाट सन्दीपलाई आकर्षक पारिश्रामीक पाइनु मुख्य कारण रहेको श्रोतले बताएको छ । अष्ट्रेलीयाको लिग भन्दा बंगलादेशको लिगले सन्दपलाई उच्च मुल्यमा आबद्ध गरेको छ ।

यहि अंग्रेजी बर्षको सुरुवातबाट आइपिएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध भइ उत्कृट प्रदर्शन गरेका सन्दीपले क्यानडाको ग्लोबल टि–२०, वेष्ट इन्डीजको सिपिएल, अफगानिस्तानको एपिएल खेलिसकेका छन् । त्यस्तै दुबईमा आयोजना हुने टि–१० प्रतियोगिताको लागि पनि सन्दीप छानिइसकेका छन् ।

हालै दक्षिण अफ्रिकी लिगको अन्तिम ड्राफ्टमा परेपनि अन्तिम समयमा नाम फिर्ता लिएका सन्दीपले बिबिएल र बिपिएलसँगको समय जुध्ने भएकोले नै नाम फिर्ताको निर्णय लिएको जानकारी प्राप्त भएको छ ।

 

ऐतिहासिक सफलतासहित महिला फुटबल टोली आज स्वदेश फर्किँदै

काठमाडौ,२९ कात्तिक । सन् २०२० मा हुने टोकियो ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टिम आज स्वदेश फर्किँदै छ ।

वायने रुनी फेरी इंग्ल्याण्डको कप्तानः गार्ड अफ अनर दिइने

काठमाडौ,२९ कात्तिक । इंग्ल्याण्डका कीर्तिमानी गोलकर्ता वायने रुनीले आफ्नो अन्तिम बिदाई खेलमा राष्ट्रिय टिमको कप्तानी गर्ने भएका छन् । उनले त्यो

मेसी र रोनाल्डोलाई पछार्दै लुका मोड्रिक बने उत्कृष्ट खेलाडी

काठमाडौं । विश्व फुटलका स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै क्रोसियन खेलाडी लुका मोड्रिक ‘गोल ५०’को उत्कृष्ट खेलाडी बनेका

जिदानको भविष्यमा प्रश्न, यस्ता छन् तीन विकल्प

  विश्व फुटबलका महान हस्ती जिनेदान जिदान अहिले कुनै क्लबसँग आबद्ध छैनन् । खेलाडिको रुपमा फ्रान्सलाई विश्वकप र यूरोकपको उपाधी दिलाएका जिदानले क्लब