एक सिङ्गे गैंडा जोगाउन फुटबल

नवलपरासी, ५ कात्तिक । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौं, पाल्पा, मकवानपुरसहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ ।

एक सिङ्गे गैंडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज, नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा १५ वर्षदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको आयोजक नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले चार लाख ९९ हजार ५५५ का साथ आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि ५१ हजार र द्धितीय हुनेले दुई लाख ५० हजार ५५५ पुरस्कार पाउने छन् ।

यसैगरी प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई पाँच हजार, प्रतियोगिता भरको उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्तालाई १० हजारसहित प्रमाणपत्र शिल्ड प्रदान गरिने छ भने टिम एलायन्सबापत प्रतिखेल तीन हजारका दरले उपलब्ध गराइने छ ।

गैँडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउने, खेलकूद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्नेलगायतका उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिन लागिएको हो । रासस

 

 युएई भ्रमणका लागि सन्दीप नेपाल आए

काठमाडौं । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सोमबार नेपाल आएका छन् । अष्ट्रेलियामा जारी बिग

दक्षिण एशियाली खेलकूद निर्धारित मितिमा नहुने पक्का

काठमाडौँ, ७ माघ । नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ

धोनी अझै अब्बल, ३७ वर्षमा ५० रन भन्दा बढिको औसत हुने एक्लो क्रिकेटर

एजेन्सी । भारतीय क्रिकेट टोलीका खेलाडी महेन्द्र सिंह धोनीले अष्ट्रेलिया विरुद्धको पछिल्लो एकदिवसिय अन्तर्राष्ट्रिय सिरिजको ३ खेलमा १९३ रन बनाए

मेस्सीको अर्को किर्तिमान, पेलेको किर्तिमान तोड्ने तरखर

एजेन्सी । धेरै किर्तिमानहरु आफ्नो नाममा लेखाइसकेका बार्सिलोनाका महान खेलाडी लियोनल मेस्सीले नयाँ किर्तिमानमा पनि कब्जा जमाएका छन् । बार्सिलोनाका