कृष्णनगरको कर्फ्यू हट्यो

कपिलवस्तु, ५ कात्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कर्फ्यू आज बिहानदेखि मध्याह्न १२ बजेसम्मका लागि हटाएको छ । कर्फ्यू हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ ।

शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाइएको थियो ।

तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताए ।

शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उनको भनाइ छ । घटनाको अधिकारकर्मीले अनुगमन गरेका छन् । रासस

पूर्व अख्तियार प्रमुख बस्न्यात एनसेल देखि बालुवाटारको जग्गासम्म संलग्न

काठमाडौं । अख्तियार प्रमुख रहँदा एनसेलको भूमिगत संरक्षक भनी चर्चा कमाएका दीप बस्न्यातले सरकारी सम्पति हिनामिना गर्नमा महत्वपूर्ण भूमिका निभाएको

राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन

सियान, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरेकी छिन् । मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका

३ लाख १५ हजार खर्च गर्दै रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्रीको शालिक

काठमाडौँ, १२ वैशाख । काठमाडौँ महानगरपालिकाले रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ

चोरीको दुई मोटरसाइकलसहित पक्राऊ

गौशाला, १२ वैशाख ।  महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–४