नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय बैठकमा नेताहरुबीच मन माझ्ने र अविश्वास हटाउने क्रम सुरू भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन् ।

आइतबार बसेको बैबठकमा बामदेव गौतमले चुनाव लड्ने सम्बन्धमा उठेका विषयमा गम्भीर छलफल भएको छ । नेता गौतमले काठमाडौ ७ का प्रतिनिधि सभा उम्मेद्वार रामवीर मानन्धरलाई राजिनामा दिन लगाएर उपनिवार्चन लड्ने निर्णय गरेसँगै नेकपा भित्र तिव्र विवाद सुरु भएको थियो । यो विषयले सामाजिक सञ्जाल देखि सबैतिर नेकपा र बामदेव गौतमको आलोचना भएको थियो ।

पार्टी भित्र छलपल नै नगरी अध्यक्ष पुष्पकमल दाहालको सहमतिमा गौतमले निर्वाचन लड्न खोजेपछि नेकपाको पूर्व एमाले खेमा यो निर्णयको विरुद्धमा उभिएको थियो । पार्टी भित्र र बाहिर चौतर्फी विवाद भएपछि गौतमले आफ्नो निर्णयबाट पछि हट्ने घोषणा गरेका थिए ।
 बामदेव प्रकरणकै कारण असोज २४ मा बस्ने भनिएको नेकपाको सचिवालय बैठक आइतबार (कात्तिक ४) का लागि सरेको थियो । नेकपा भित्र पार्टी एकीकरण पछि प्रदेश पदाधिकारी चयन तथा जिल्ला र जनवर्गीय संगठनको एकता लगायतका विषयमा समेत विवाद हुँदै आएको छ । 
यी विषयहरुलाई पनि सचिवालय बैठकमार्फत छलफल गरेर विवाद समाधानका लागि प्रयास गरिने अपेक्षा गरिएको छ । पार्टी भित्र माधव नेपाल समुहले प्रदेश पदाधिकारी तथा जिल्ला र जनवर्गीय संगठनमा नेतृत्व चयन लगायनका विषयमा असन्तुष्टि जनाउँदै आएको छ ।

पार्टी भित्रका रहेका विवाद, सरकारको कामकारबाही लगायतका विषयमा सोमबार दिउसो १ बजेबाट सुरु हुने बैठकमा छलफल हुने जनाइएको छ । सचिवालय बैठकले काबठमाडौ ७ का सांसद मानन्धरको राजिनामा पनि अस्वीकृत गरेको छ । उनको राजिनामाबारेमा कुनै निर्णय गर्न आवश्यक नरहेको निष्कर्ष सचिवालय बैठकले निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् । 

प्रधानमन्त्रीको सन्देश: सरकार डा.केसीलाई सुन्दैन

काठमाडौं । चिकित्सा शिक्षा र चिकित्सा सेवामा सुधारका अभियन्ता डा. गोविन्द केसीको पन्ध्रौं अनशनमा सुरुदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली

 संविधान र कानूनभन्दा व्यक्ति विशेषको अनशन सर्वोपरि हुनुहुन्न– प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको

कालो धन सेतो पार्ने धन्दामाथि कार्बाही हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालो धनलाई सेतो बनाउने धन्दालाई छानविन गरी कानूनी कार्बाही गरिने बताएका छन् ।  प्रतिनिधिसभामा आज संसद्

 \'वाईडवडीमा देउवा संलग्न छैनन्\'- महत

नारायणपुर । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताएका छन् । घोराहीमा दाङका पत्रकारसँगको