इन्डियल आईडलबाट अनु मलिकको राजिनामा


नयाँ दिल्ली । इन्डियन आईडलको जजबाट अनु मलिकले राजिनामा दिएका छन् ।

यौन दुर्व्यवहारको आरोप लागेपछि उनले ‘इन्डियन आईडल सिजन १०’ छोडेका हुन् । उनले इन्डियन आईडल छोडेको टेलिभिजन च्यानल सोनी इन्टरटेनमेन्टले जनाएको छ ।

सोनीले भनेको छ, ‘अब अनु मलिक इन्डियन आईडलको जजको रुपमा रहने छैनन् । नियमित तालिकाअनुसार नै कार्यक्रम संचालन हुने छ र सिने क्षेत्रका हस्तीहरुलाई पाहुना जजका रुपमा बोलाइने छ ।’ विशाल ददलानी र नेहा कक्कर भने जजका रुपमा यथावत रहने छन् ।

अनु मलिकले पनि इन्डियन आईडल छोडेको घोषणा गरेका छन् । उनले भनेका छन्, ‘मैले इन्डियन आईडलबाट विश्रामले लिने निर्णय गरेको छु, किनकी म अहिले आफ्नो काममा केन्द्रीत हुन सकेको छैन् ।’

उनलाई सोना महापत्रा र स्वेता पण्डितले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भारतमा चलिरहेको ‘मीटू’ ह्यासट्याग अभियानमा सहभागि हुदै उनीहरुले आफूमाथि भएको यौन दुर्व्यवहारका बारेमा बोलेकी थिइन् ।

यौन दुर्व्यवहारको आरोप लागेपछि भारतको केन्द्रीय मन्त्री एमके अकबरले राजीनामा दिइसकेका छन् । त्यस्तै, कयौं कलाकारिता, पत्रकारिता, लेखन तथा राजनीतिक क्षेत्रका हस्तीहरु यसमा मुछिएका छन् । एजेन्सी

 

प्रधानमन्त्री केपी ओली आज स्वीट्जरल्याण्ड जाँदै

काठमाडौ,५ माघ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली

 प्रधानमन्त्री आइतबार स्वीट्जरल्याण्ड जाँदै

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली

 मर्यादाक्रम: लोक सेवापछि निर्वाचन आयोग पनि रिसायो 

काठमाडौं । निर्वाचन आयोग नेपालले सरकारले हालै निर्धारण गरेको मर्यादाक्रमप्रति असन्तुष्टी जनाएको छ । आयोगले यसमा राष्ट्रिय जीवनका विभिन्न

केसीको उपचार गर्न चिकित्सक टोली गठन

काठमाडौं, ४ माघ । शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा रहेका डा.गोबिन्द केसीको उपचारका लागि डाक्टर सुवास आचार्यको संयोजकत्वमा ८ सदस्यीय टोली गठन