शिशु हत्या गरेर भाग्नेलाई प्रहरीले समात्यो


इटहरी, ३ कात्तिक । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस– १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण गरी करणीपछि हत्या गरेर भारततिर फरार रहेका अभियुक्त साह प्रहरीको उच्च खोजीमा रहेको थियो । सप्तरीबाट सुनसरीतिर आउने क्रममा कोशी ब्यारेज क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी र्र्दिए।

महिला तथा बालबालिका विरुद्धको अपराधमा प्रहरीले अपनाएको उच्च सुरक्षा रणनीति तथा सुनसरी प्रहरीले अघि बढाएको आपराधिक गतिविधि नियन्त्रण अभियानअन्तर्गत सूक्ष्म जाँच गर्ने कार्यमा खटिएका प्रहरी टोलीले अभियुक्तको हुलियाका आधारमा आज १ बजेतिर उनलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाको हिरासतमा राखिएको पनि प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । रासस

 

 तिब्बती शरणार्थीका  ६५ जोखिममा

ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ ।  बस्ती तल रहेको कालीगण्डकी किनार

नेपालमा हिन्दी सम्मेलन हुने

जनकपुरधाम, १२ चैत । यही चैत २० र २१ गते जनकपुरधाममा १८ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने भएको छ । नेपाल राष्ट्रिय हिन्दी सम्मेलनद्वारा आयोजना हुने

१० किलोमिटर हुलाकी सडकमा कालोपत्रे

लहान, १२ चैत । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टि सडकखण्डको १० किलोमिटर कालोपत्रे सकिएको छ । भारतीय सीमाक्षेत्रसँग

सिटौला अस्पतालबाट घर फर्के

 काठमाडौँ, १२ चैत । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।  काठमाडौँको ह्याम्स अस्पतालमा