खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी, ३ कात्तिक । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।

गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ । रासस

हुस्सुले उडान अवरुद्ध

राँझा,२९ कात्तिक । बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन । हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख

मंसिर ७ गतेदेखि सवारी चालक अनुमति पत्रको आवेदन खुल्ने

काठमाडौ,२९ कात्तिक ।  दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन आगामी मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था

६९ जना कर्मचारीलाई कामपाको २४ घण्टे स्पष्टिकरण

काठमाडौ,२९ कात्तिक ।  काठमाडौं महानगरपालिकाले समयमा कार्यालय नआउने ६९ जना कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । कार्यालय समयमा अनुपस्थित

संवैधानिक इजलास हप्तामा दुई दिन मात्र बस्ने,२२३ वटा मुद्धा सुनुवाई गर्न बाँकी

काठमाडौ,२९ कात्तिक । सर्वोच्च अदालतमा संवैधानिक इजलास हप्ताको दुई दिन मङ्गलबार र बुधबार मात्र बस्ने तय भएको छ । प्रधानन्यायाधीशसहित सो इजलासका अरू