विजयादशमीको  टीका साइत बिहान ९ः५१ मा

काठमाडौं । यसवर्षको बिजयादशमी टीका साइत शुक्रबार बिहान ९ः५१ मा रहेको छ । राससका अनुसार, विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

यतिबेला आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । 

दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक शुक्रबार नै विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । 

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ । 

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ । 

राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको यसदिन विशेष चहलपहल देखिन्छ । 

स्वदेश वा विदेशमा रहेका नेपालीहरु यसदिन  सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् । 

प्रसिद्ध धर्मगुरु शिवकुमार स्वामीको १११ बर्षमा निधन

नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा सोमबार १११ बर्षका धर्मगुरु शिवकुमार स्वामीको निधन भएको छ । उनलाई शिद्धगंगा मठका स्वामीका रुपमा

 श्रीस्वस्थानी व्रतकथा सोमबारदेखि

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ । स्वस्थानी

सुन्दर हुन रहर छ ? बुझौं सौन्दर्यको अर्थ  

सौन्दर्य प्रसाधनको बिषयमा प्रश्न छ। वास्तविकतालाई सजावटले रोकेको हुन्छ। बाहिरबाट हामी सजाउँछौं । तर भित्र कस्तो छ? उसको वास्तविक स्वरुप कस्तो छ?

ग्रहले कसैलाई माफ गर्दैन, यस्तो छ कारण

ग्रह दशाहरु भनेको के हो ? ग्रहहरुको प्रभावहरु हुन्छ कि हुँदैन ? अस्तित्वमा जे–जे छ, त्यसको प्रभाव हुनु त स्वाभाविक हो । यदि यो सौर्यमण्डलमा ग्रहहरु छन्