चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता बाँस्तोलाले व्यक्तिगत तवरमा राष्ट्रिय क्षतिलाई जसरी पनि रोक्नुपर्छ भनेर माओवादीका नेतासँग सम्पर्क गर्ने भरपर्दो सूत्रको खोजी गर्नुभयो । अन्तत त्यसबेला माओवादीका एकजना नेता बामदेव क्षेत्रीसँग सम्पर्क गर्न उहाँ सफल हुनुभयो । क्षेत्रीकै मार्फत उहाँले कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी नेताहरु प्रचण्ड र बाबुराम भट्टराईसँग प्रत्यक्ष भेट गराई शान्ति प्रकृयाको थालनी गर्नुभएको थियो ।

                                  **********************************************************************

तस्बिरमा देखिएका यी मानिसलाई यहाँहरु अवश्य पनि चिन्नुहुन्छ होला । सँधैका लागि चिरनिन्द्रामा सुतेका यी आदर्श व्यक्तित्वलाई पार्टीले र समयले चिन्न नचाहे पनि ईतिहासले त अवश्य बिर्सने छैन भन्ने मेरो विश्वास छ । धेरैलाई यो सत्य वचन सहन र पत्याउन कठिन पर्ला तर नेपाली कांग्रेसका जीवित कुनै नेतासँग तुलना गर्न नमिल्ने अग्ला व्यक्तित्व आदरणीय चक्रप्रसाद बाँस्तोलाको तस्बिर हो यो । जो जननायक वीपी कोइरालाका अत्यन्त निकट र भरोसायोग्य व्यक्तित्व हुनुहुन्थ्यो । नेपाल र नेपाली कांग्रेसको राजनीतिमा एउटा निर्णायक,स्पष्ट र राष्ट्रवादी सोचका धनी व्यक्ति हुनुहुन्थ्यो सबैका चक्र दाई ।

इतिहासको अत्यन्त जटिल घडीमा नेता बाँस्तोलालाई देशको ठूलो कार्यभार जिम्मा लाउन खोजिएको थियो भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । तर सत्य के हो भने बाँस्तोलाको जीवनमा दुई दुई पटक प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियो । एउटा प्रस्ताव होलेरी काण्डमा गिरिजाप्रसाद कोइरालाको राजिनामाको समयमा आएको थियो । अर्को प्रस्ताव आएको थियो खिलराज रेग्मी मन्त्रीपरिषदको अध्यक्ष बनाईनु अघि । अघिल्लो पटक त उहाँ सजिलै प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो । तर पार्टीभित्रकै लोभीपापी केही ‘नेता र नेतृ’ यो कुरा थाहा पाएर आत्तिँदै अवरोध बन्न सक्रिय भएपछि उहाँ प्रधानमन्त्री बन्न पाउनुभएन । 

  दोस्रो प्रस्तावमा नियतिले ठगेर उहाँ कोमामा जानुभयो । यसरी प्रधानमन्त्री बन्ने अर्को अवसर पनि खेर गयो ।

 जिन्दगीमा धेरै धेरै अपमानको वीष पिउनु भयो नेता बाँस्तोलाले । मैले थाहा पाएसम्म ०४६ को जनआन्दोलन पछि उहाँलाई गृहमन्त्री बन्नलाई अत्यन्त दवावकासाथ प्रस्ताव गरियो । तर उहाँले अस्वीकार गर्नुभयो । उहाँको अनिच्छालाई मानिएन र दौरा सुरुवाल तयार गर्न लगाएर राखियो । अन्तत आखिरमा उहाँलाई गृहमन्त्री पनि बनाईएन । नेता बाँस्तोलामाथि यो अपमानजनक व्यवहार किन र कसको स्वार्थले गरिएको थियो भन्ने कुरा भविष्यमा खुल्दै जाला । खुल्ने नै छ ।

   यत्तिले पनि नपुगेर ०६२/०६३ को जनआन्दोलन पछि उहाँलाई मन्त्रीको रुपमा सारा मिडियाभरी प्रचार गराएर उछालियो । आखिरमा यसपटक पनि बाँस्तोलाको अपमान गरियो ।

  कांग्रेसको पोखरा महाधिवेशनमा उहाँको उछित्तो काढ्न र अपमान गर्न शक्तिशाली निर्देशन जारी गराएर थोरै मत खसाल्न लगाएर फेरि अर्कोपल्ट पनि अपमान गरियो । कांग्रेसका मतदाताले असुरक्षित ठानेर चाहँदा चाँहदै पनि बाँस्तोलालाई मत दिन सकेनन्,उनीहरु शक्ति केन्द्रसँग डराए । यी र यस्तै अनेकौं घाउहरु सँगालेर बस्नुभएको थियो नेता बाँस्तोला ।

  आफ्नो पार्टीभित्र यस्ता घातप्रतिघात चलिरहँदा पनि नेता बाँस्तोला भने गृह जिल्ला झापामा नेपाल कै नमूना एउटा अस्पताल स्थापना गर्ने सपना साकार पार्न अघि बढिरहनु भएको थियो । तर यसलाई समेत रोक्न के सम्म गरिएन । त्यहाँ पनि सबै संभावनाका ढोकाहरु बन्द गराईयो । आखिर उहाँको बृहत योजनाको ‘ईन्स्टिच्यूट अफ हेल्थ साईन्स एण्ड सर्भिसेज’ त्यत्तिकै ओझेलमा पर्यो । जसरी उहाँको प्रतिभा र क्षमतालाई अँध्यारोमा  धकेल्ने षड्यन्त्र गरियो ।

  नेपालको राजनीतिमा नेता बाँस्तोला एक प्रकार निर्णायक व्यक्तित्व नै हुनुहुन्थ्यो । तर जब मौका आउँथ्यो उहाँलाई रोक्न अदृश्य रुपमा अनेक प्रयाश गरिन्थ्यो । ०४६ को जनआन्दोलनमा विदेशीहरुको समर्थन र सहयोग जुटाउन उहाँको पहल फलदायी भएको थियो ।

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता बाँस्तोलाले व्यक्तिगत तवरमा राष्ट्रिय क्षतिलाई जसरी पनि रोक्नुपर्छ भनेर माओवादीका नेतासँग सम्पर्क गर्ने भरपर्दो सूत्रको खोजी गर्नुभयो । अन्तत त्यसबेला माओवादीका एकजना नेता बामदेव क्षेत्रीसँग सम्पर्क गर्न उहाँ सफल हुनुभयो । क्षेत्रीकै मार्फत उहाँले कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी नेताहरु प्रचण्ड र बाबुराम भट्टराईसँग प्रत्यक्ष भेट गराई शान्ति प्रकृयाको थालनी गर्नुभएको थियो ।
 

इतिहासमा यति महत्वपूर्ण योगदान गरेको एकजना नेतालाई कांग्रेस पार्टीले कहिँ कतै जस दिन चाहेन । बरु उल्टै उहाँको ऐतिहासिक पहललाई निरर्थक जस्तो बनाएर खास योगदान नगरेका अरुलाई नै जस दिने गलत काम गरियो । आफूलाई मन्त्री पदको प्रस्ताव आउँदा ‘यो पदको लागि उपयुक्त व्यक्ति त भीमबहादुर तामाङ्ग दाई हो’ भनेर उहाँको नाम प्रस्ताव गरेर आफ्नो त्यागको परिचय दिनुभएको थियो नेता बाँस्तोलाले ।
 

जीवनका पछिल्ला दिनहरु बाँस्तोलाका निराशा र हतासामा बितिरहेका आभास हुन्थ्यो । देशमा जातीय,क्षेत्रीय नारा उत्कर्षमा पुग्नु, पार्टीका नेताहरु विदेशीको इशारामा चल्नु,मूल्यमान्यता र जनभावना पटक्कै नबुझ्दा उहाँ सारै दुःखी देखिनुहुन्थ्यो । केही गर्न सकिन्छ कि भनी हरसम्भव प्रयाश गर्दागर्दै नियतिले उहाँलाई हराएरै छाड्यो । अन्ततोगत्वा कोमामा ६ वर्ष समय बिताएर सदाका लागि चिरनिन्द्रामा जानुभयो नेता बाँस्तोला ।
मेरो एकमात्र भरोसा र विश्वासको केन्द्र अब सदाका लागि महाशून्यमा विलिन हुनुभएको छ ।

अलविदा चक्र दाई !!!

अशोकप्रसाद मिश्र
अर्जुनधारा – १० झापा ।
   
 

 ‘मदन भण्डारी बाँचेका भए जनयुध्द हुने थिएन’–प्रचण्ड

म्याग्दी ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले सहकार्य गर्न तत्कालिन एमाले नमाने पछि आफूहरु जनयुध्दमा होमिएको

 प्रचण्डले कति नांगिन मिल्ने ?

काठमाडौं । दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण पर्वहरु सम्पन्न भएका छन् । यी पर्वले नेपालीलाई परिवार र गाउँसँग अपडेट गराएका छन् । पर्व मनाएर परिवारका

शिक्षा नीति परिवर्तन आवश्यक : दाहाल

म्याग्दी, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी

बैतडीमा नेकपाको समायोजनको काम टुङ्गियो

बैतडी,२८ कात्तिक ।  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको बैतडीमा पार्टी समायोजनको काम टुंगो लागेको छ । पार्टी जिल्ला