राजदेवीमा १५ हजार बोका बलि


जनकपुरधाम, १ कात्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ ।

यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो । विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ ।

महावीर युवा कमिटीका अनुसार सो मन्दिरमा २०७३ सालमा १४ हजार ६१७ बोकाको बलि चढाइएको थियो । जनकवंशी राजाको कुलदेवी सो मन्दिरमा असत्यमा सत्य, अधर्ममा धर्म, अँध्यारोमा उज्यालो प्राप्ति तथा कार्यसिद्धि र मनोकामना पूर्णताका लागि बोकाको बलि दिने चलन छ ।

राजदेवीलाई महादुर्गा, महाकाली, महासरस्वती, महामाया चण्डिका, पार्वती, कौशिकी, जानकी र किशोरी नामले पनि पूजार्चना गर्ने परम्परा छ । अनिकालले गर्दा परेको विकट सङ्कटबाट मुक्तिका लागि राजदेवीको स्थापना गरिएको जनविश्वास पाइन्छ । रासस

 

प्रधानमन्त्री केपी ओली आज स्वीट्जरल्याण्ड जाँदै

काठमाडौ,५ माघ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली

 प्रधानमन्त्री आइतबार स्वीट्जरल्याण्ड जाँदै

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली

 मर्यादाक्रम: लोक सेवापछि निर्वाचन आयोग पनि रिसायो 

काठमाडौं । निर्वाचन आयोग नेपालले सरकारले हालै निर्धारण गरेको मर्यादाक्रमप्रति असन्तुष्टी जनाएको छ । आयोगले यसमा राष्ट्रिय जीवनका विभिन्न

केसीको उपचार गर्न चिकित्सक टोली गठन

काठमाडौं, ४ माघ । शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा रहेका डा.गोबिन्द केसीको उपचारका लागि डाक्टर सुवास आचार्यको संयोजकत्वमा ८ सदस्यीय टोली गठन