दशैंका बेला उत्तरकाशीतिर रामचन्द्र

काठमाडौं । दशैं लागेकाले होइन,अरु नै कारणले कांग्रेसका केही नेताहरुमा हिन्दूत्वप्रतिको मोह बढ्न थालेको छ । बुढ्यौली लाग्दै गएपछि धर्मकर्ममा मन जानुलाई स्वाभाविक मानिन्छ । तर, कांग्रेसका केही नेताहरु बुढ्यौली लागेको कारणले नभएर राजनीति लागेकाले धर्मकर्ममा रुची राख्न थालेका छन् । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दशैंमा तीर्थ गर्न भारत गएकाछन् । केही समय अघि उनी यूरोप घुमेर आएका थिए । 
कतिपय जानकारहरु पौडेलको तीर्थयात्रा आफूलाई हिन्दूवादी देखाउने कसरत समेत भएको बताइरहेका छन् ।

यतिबेला कांग्रेसभित्र नेता पौडेल निक्कै अप्ठेरो अवस्थामा छन् । उनले आमचुनाव हारे । त्यसपछि पार्टीभित्रको अन्तर्द्वन्दमा उनले सभापति शेरबहादुर देउवा विरोधीहरुको नेतृत्व गर्न सकेनन् । त्यसकारण पार्टीभित्रको प्रतिपक्षमा बहुकेन्द्र बनेको छ । तर प्रतिपक्षको समग्र नेतृत्व पौडेलको हातमा छैन । तीर्थाटनमा निस्कनुअघि महामन्त्री शशांक कोइरालाको निवासमा अनौपचारि रुपमा आयोजित भेलामा बरिष्ठ नेता पौडेलको नेतृत्व लिन नसकेको भनेर घुमाउरो पाराले आलोचना भएको एक सहभागीले बताए ।

कांग्रेसको केही समयपछि महासमिति वैठक बस्दैछ । महासमिति वैठकपछि महाधिवेशनको दौड लगभग औपचारिक रुपमा सुरु हुनेछ । नेता पौडेल आफूलाई सभापति पदको दावेदार बताइरहेका छन्,आफ्नो  सानो कोटरीभित्र । तर, दौड सुरु नहुँदै नेता पौडेलको खुट्टामा ठूलो ढुंगा बजारिएको छ । कोइराला परिवारबाट डा. शशांक कोइराला र शेखर कोइरालामध्ये एकजना सभापति पदमा उम्मेदवार हुने भएका छन् । आफ्नो खेमाबाट आफूलाई क्रश गरेर शशांक र शेखरमध्ये एक उम्मेदवार हुने निश्चित देखिनु भनेको रामचन्द्रको बाटो छेकिनु हो । 

कठिन परिस्थितिमा रहेका रामचन्द्रले कांग्रेसमा आफ्नो हैसियत पुनस्र्थापित गर्न, बढाउन र आउँदो महाधिवेशनमा उम्मेदवार बन्न केही न केही चमत्कारिक काम गर्नैपर्ने भएको छ । जानकारहरु भन्छन्, बलियो शक्तिको आशिर्वाद नपाई सभापति बन्न रामचन्द्र सक्ने छैनन्, वरिष्ठ नेता पदवीमै उनको राजनीति सीमित हुन सक्छ । त्यसैले बलियो शक्तिप्रति आशक्ति देखाउन पनि रामचन्द्रले अर्थपूर्ण तीर्थाटन गर्न खोजेको लख काटिएको छ । 

रामचन्द्रले भारतका वोधगया र उत्तरकाशी क्षेत्रका बद्रीनाथ, केदारनाथ, हरिद्धार, ऋषिकेशधाम लगायतको धार्मिक भ्रमण गर्नेछन् । उनको साथमा पारिवारिक सदस्यहरु पनि छन् । ती ठाउँहरु पुग्दा त्यहाँ रहेका नेपालका कांग्रेस कार्यकर्ताहरुसँग पनि भेट्ने उनको योजना रहेको बुझिन्छ । त्यसबाहेक अन्य राजनीतिक भेटघाट खासै नरहेको बताइएको छ । जानकारहरुका अनुसार रामचन्द्रले भारतीय नेताहरुसँग राजनीतिक भेटघाट गर्न चाहे पनि त्यति सम्भव छैन । किनभने उनी न सांसद पदमा छन्, न सरकारमा छन्, न त कांग्रेसभित्रको सत्तामा छन् । त्यसैले भारतले उनलाई वास्ता नगर्नु स्वाभाविक हो । 

विगतमा कांग्रेसभित्र हिन्दूत्वको कुरा प्रखर रुपमा खुमबहादुर खड्काले उठाएका थिए । खड्काको अवशान भइसकेको छ । महामन्त्री डा. शशांक कोइरालाले पनि हिन्दूत्वको कुरा उठाइरहेका छन् । शेखर यसमा पहिले देखि नै स्पष्ट देखिन्छन् । रामचन्द्रको पनि हिन्दूत्वप्रति ठूलै आकर्षण रहेको बताइन्छ तर उनले त्यसलाई राजनीतिक मसला बनाउन सकेका थिएनन् । आगामी दिनमा आफ्नो राजनीतिक यात्रा झन् कठिन हुने देखेपछि रामचन्द्रले सहजताका लागि हिन्दूत्वको मुद्दा समाउन सक्ने पनि कतिपयको भनाई छ ।

पौडेललाई नजिकबाट बुझेका एक प्राध्यापक भन्छन्–‘उनले यो भ्रमणबाट त्यसको संकेत दिन सक्छन् ।’ 

कांग्रेसले दशैंपछि आयोजना गर्ने मेलमिलाप चियापान कार्यक्रमका बेला भने रामचन्द्र फर्किसक्ने बताइएको छ ।
 
 
 

 ‘मदन भण्डारी बाँचेका भए जनयुध्द हुने थिएन’–प्रचण्ड

म्याग्दी ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले सहकार्य गर्न तत्कालिन एमाले नमाने पछि आफूहरु जनयुध्दमा होमिएको

 प्रचण्डले कति नांगिन मिल्ने ?

काठमाडौं । दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण पर्वहरु सम्पन्न भएका छन् । यी पर्वले नेपालीलाई परिवार र गाउँसँग अपडेट गराएका छन् । पर्व मनाएर परिवारका

शिक्षा नीति परिवर्तन आवश्यक : दाहाल

म्याग्दी, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी

बैतडीमा नेकपाको समायोजनको काम टुङ्गियो

बैतडी,२८ कात्तिक ।  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको बैतडीमा पार्टी समायोजनको काम टुंगो लागेको छ । पार्टी जिल्ला